Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएयर एसियाको सिधा बैंकक उडान

एयर एसियाको सिधा बैंकक उडान


काठमाडौं । एयरएसियाले काठमाडौंबाट बैंकक, थाइल्यान्डसम्मको नयाँ सीधा उडान गर्ने भएको छ । कम्पनीले उडान सुरुवातको विशेष एक्टिभेसन कार्यक्रमहरूको समेत घोषणा गरेको छ ।

कम्पनीले हालै सिभिल मलमा एक विशेष कार्यक्रमको आयोजना गरी विभिन्न गेमहरू खेलाएको थियो । सो गेम खेलेर सय जनाभन्दा धेरैले उपहारहरू जितेका थिए भने बालबालिकाहरू फेसपेन्ट र बल पुलमा रमाए । एक जना भाग्यशाली विजेताले बम्परमा आकर्षक उपहार जिते र अझै पनि बैंकक भ्रमणमा जान सक्ने योजनाको प्रतियोगिता जारी रहेको छ । कम्पनीले छाया सेन्टर, ठमेल र सिभिल मल, सुन्धारामा सो कार्यक्रम आयोजना गरिसकेको छ भने १६ नोभेम्बरमा के एल टावर, चाबहिलमा र ३० नोभेम्बर, लबिम मल ललितपुरमा कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

कार्यक्रमहरूमा आगन्तुकले बैंककको लागि निःशुल्क राउन्ड ट्रिप टिकट जित्ने र विभिन्न आकर्षक खेलहरूको आनन्द लिने र रोमाञ्चक उपहारहरू जित्ने मौका पाउनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयर एसिया स्टेसन म्यानेजर निवेश शाक्यले ग्राहकहरूका लागि बैंककको सिधा उडानहरू ल्याउन पाउँदा हामी उत्साहित भएको बताए । ‘यी कार्यक्रमहरूलाई हामीले ग्राहकहरूसँग रमाउने र एयरएसियासँगको यात्राको अनुभव बाढ्ने माध्यमका रूपमा लिएका छौँ’, उनले भने । नेपालका सबै यात्रुहरूलाई एयर एसियासँग आफ्नो यात्राको अनुभव बाँड्न र रमाइला कार्यक्रमहरूमा भाग लिन कम्पनीले आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x