Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदइङ्ल्यान्डका विकेटकिपर एवं ब्याट्सम्यान टम मोर्स लुम्बिनी लायन्समा अनुबन्धित

इङ्ल्यान्डका विकेटकिपर एवं ब्याट्सम्यान टम मोर्स लुम्बिनी लायन्समा अनुबन्धित


काठमाडौं । इङ्गल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान र विकेटकिपर टम मोर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । सन् २०१६ देखि फस्र्ट क्लास ए लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका उनी यही मङ्सिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिगको लागि क्लबमा अनुबन्धित भएका हुन् । २८ वर्षीय मोर्सले सन् २०२३ देखि टी–२० क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् ।

मोर्स काउन्टी, बिपिएल, एलपिएल, पिएसएललगायत विभिन्न लिगहरू खेलिरहेका उत्कृष्ट लयमा रहेका विकेटकिपर तथा ब्याट्सम्यान हुन् । एक सय २८ वटा विभिन्न फ्रेन्चाइजी टी–२० खेलिसकेका उनले २३ दशमलव ३४ औसतमा २३२१ रन हानेका छन् । उनको ८० रनको अविजित उच्च स्कोर रहेको छ । फस्र्ट क्लास क्रिकेटमा ७८ खेल खेलेका उनले एक सय २३ इनिङमा सात पटक ब्याटिङ गर्दै अविजित २६८१ रन बनाएका छन् । त्यस्तै, एक सय छको सर्वाधिक स्कोर बनाएका उनले लामो इनिङ खेल्न सक्ने पनि आफ्नो क्षमतालाई पनि सावित गरेसकेका छन् । कुल ५२ सय ४५ बलमा उनको औसत ब्याटिङ २३ दशमलव एक रहेको छ । अहिलेसम्मको आफ्नो करिअरमा दुई शतक र आठ अर्धशतक बनाएका मोर्सले दुई सय ८५ चौका र ३९ छक्का प्रहार गरेका छन् ।

उनको आगमनले टिमको ब्यालेन्स अझ मजबुत भएर हामीलाई आफ्नो लक्ष्यमा पुग्न सहज हुने लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट कोच शक्ति गौचनले बताए । त्यस्तै, क्लबका मालिक ईश्वर जिसीले क्लबमा आवश्यक अन्तर्राष्ट्रिय प्रतिभाहरू घोषणा गर्दै जाने जानकारी दिए । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिभाहरूलाई क्लबमा सामेल गराएर हामी उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई शिखरमा पुर्याउने छौं’, उनले भने ।

मोर्सले लिस्ट ए क्रिकेटमा २९ खेल खेलेका छन् जसमा २६ इनिङमा छ पटक अविजित रहँदै सात सय ७६ रन बनाएका छन् । छ सय ९३ बल खेलेर उनले ११२ को उत्कृष्ट स्ट्राइक रेट बनाएका छन् । यो फर्म्याटमा उनले पाँच अर्धशतक र ७१ चौका तथा ३५ छक्का प्रहार गरेका छन् । टी–२० क्रिकेटमा उनले एक सय ३३ खेल खेलेका छन्, जसमा एक सय २० इनिङमा ब्याटिङ गर्दै २७ पटक अविजित रहँदै २२३२ रन बनाएका छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x