Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता श्रेष्ठलाई बेलायती राजदूतले दिए बधाई

‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता श्रेष्ठलाई बेलायती राजदूतले दिए बधाई


काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेनले विश्वकै प्रतिष्ठित बेकिङ प्रतियोगिता ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विजेता नारायण श्रेष्ठलाई भेटेर बधाई दिएका छन् । बेलायतमा केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ का विजेता श्रेष्ठलाई काठमाडौंस्थित दूतावासमा भेटेर फेनले बधाई दिएका हुन् ।

राजदूत फेनले श्रेष्ठलाई बधाई दिँदै बेक अफ यात्राको बारेमा जिज्ञाशा राखेका थिए । उनले आफूले सधैँ नेपालको परिचय अलग होस् र बेलायती, चिनियाँलगायत अन्य मुलुकका पर्यटकहरूको खानाको गन्तव्य बनोस् भन्ने चाहना राखेको बताए । बेलायतमा रहेका नेपाली डायस्पोरा द्विपक्षीय सम्बन्धको महत्वपूर्ण हिस्सा भएको भन्दै उनले सधैँ नेपालको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्दै अपमार्केटमा लैजाने सोच बनाएको समेत बताए । नेपाली युवा स्वदेशमा नै बसेर देश निर्माण गर्नेतर्फ लागेको हेर्ने फेनको चाहना छ । भेटमा फेनले आफू बेलायत जाँदा श्रेष्ठ काम गर्ने होटल इन्टरकन्टिनेन्टल लन्डन–दि ओटुमा उनलाई भेट्न आउने बाचा समेत गरे ।

सेफ श्रेष्ठले राजदूत फेनसँगको कुराकानीले आफू उत्साहित भएको प्रतिक्रिया दिए । भेटमा सहभागी मास्टर सेफ सन्तोष शाहले नारायणको उन्नति प्रगतिमा आफूहरू सधैँ साथ रहने प्रतिबद्धता जनाए । ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ विश्वकै प्रतिष्ठित र निकै प्रतिस्पर्धात्मक बैंकिङ प्रतियोगिता मानिन्छ । प्रतियोगितामा सेफ नारायण र तनुज शर्माको जोडीले उपाधि जितेको थियो । नारायणले चकलेट र तनुजले सुगरमा काम गरेका थिए । हरेक च्यालेन्जमा फरक–फरक थिममा आफ्नो प्रस्तुति दिएका नारायण र तनुजले निर्णायकहरूलाई मन जित्दै उपाधि जित्न सफल भएका हुन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x