भारतको जीडीपी वृद्धि सात प्रतिशत पुग्ने अनुमान
नयाँदिल्ली । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आर्थिक वर्ष २०२४/२५ को लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिको अनुमान सात प्रतिशत कायम गरेको छ । यससँगै आर्थिक वर्ष २०२५/२६ को कुल गार्हस्थ्य उत्पादनको अनुमान पनि साढे छ प्रतिशत कायम गरिएको छ ।
यसअघि जुलाईमा आईएमएफले आर्थिक वर्ष २०२४/२५ को लागि भारतको जीडीपी वृद्धि अनुमान शून्य दशमलव २० प्रतिशतले सात प्रतिशतमा बढाएको थियो । त्यसपछि आर्थिक वर्ष २०२५/२६ को कुल गार्हस्थ्य उत्पादन अनुमान छ दशमलव पाँच प्रतिशत रहेको भनिएको थियो । गत अप्रिलमा पनि आईएमएफले आर्थिक वर्ष २६ का लागि सोही अनुमान गरेको थियो ।
भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले जीडीपी वृद्धि प्रक्षेपण सात दशमलव दुई प्रतिशत राखेको छ । गत अगस्टमा विश्व बैंकले आर्थिक वर्ष २०२४/२५का लागि भारतको जीडीपी वृद्धि प्रक्षेपण छ दशमलव ६० प्रतिशतबाट बढाएर सात प्रतिशत पुर्याएको थियो । त्यसपछि विश्व बैेंकले गत आर्थिक वर्ष २०२४मा भारतीय अर्थतन्त्र आठ दशमलव दुई प्रतिशतको गतिमा वृद्धि भएको बताएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया