Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसहकारी पीडितलाई रास्वपाको थप पीडा

सहकारी पीडितलाई रास्वपाको थप पीडा


काठमाडौं । कास्की जिल्लाको पोखरामा गएको हप्तादेखि एउटा गज्जवको दृश्य मञ्चन भएको देखियो । समाजमा विद्यमान विकृतिहरूको उन्मूलन गरेर व्यापक परिवर्तनको अनुभूति दिलाउने भनी खडा भएको दलका सभापति पोखराकै एउटा सहकारीको रकम अपचलन गरेको आरोपमा हिरासतमा छन् । सहकारी ठगी सम्वन्धमा छानबिन गर्न गठित सर्वदलीय संसदीय छानबिन समितिको सिफारिसका आधारमा अदालतबाट पक्राउपूर्जी जारी भएर पक्राउ परेका रास्वपाका सभापतिलाई सडकबाट छुटाउने भनेर त्यो दल सडकमा उत्रियो । त्यसले आफ्ना ती सभापतिलाई हिरासतबाट छुटाउन भनी सहयोग मागेका जनता भने उनै थिए जो यिनै व्यक्तिबाट पीडित थिए । बितेका हप्ता दिनभर यो दलले यिनै पीडितहरूसँग सहयोगको माग गरेर एक हप्ताभर पोखराका सडकमा रमिता देखाइरह्यो भने यता पीडितहरूले आफूलाई झनै पीडा दिएको भनेर हारगुहार गरिरहे । जसले सहकारीमा राखेको आफ्नो रकम अपचलन गरे उनैलाई यिनै पीडितबाट हिरासतमुक्त गरिदिन भनी माग भएको कुरा आफैँमा अनौँठो नै हुनुपर्छ ।

सहकारी ठगीमा पुछिएका व्यक्तिलाई पक्राउ गरेर पोखरा ल्याइएकोमा पोखराका सहकारीपीडित एक प्रकारले केही आशावादी पनि भएका थिए । तर हप्तैभरि उक्त दलले यसलाई राजनीतिक रंग दिएर बचत फिर्ताको माग गर्दै आएकाहरूको घाउमा नुनचुक छर्किने काम गर्यो । यसले पीडितहरूलाई झनै पीडा दिएको अवस्था बन्यो । यसैकारण उनीहरू उक्त दलको यस्तो रवैयाप्रति थप आन्दोलित भएका देखिए । यसैकारण हाल हिरासतमा रहेकाबाट ठगिएका भनिएको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीले संयुक्त आन्दोलनकै घोषणा गर्यो  । यो आन्दोलनको नेतृत्वकर्ताहरूका शब्द– बचत पीडितहरू बचत फिर्ताको माग गरी आन्दोलित भएको हो । सहकारीमा प्रतिवादी कायम भएर अनुसन्धान गर्ने विषयमा रवि लामिछानेलाई पक्राउ गरेर जब कास्की ल्याइयो । पोखरामा जुन प्रदर्शन गरिएको छ, यो समय र सन्दर्भ नमिलेको भन्ने हाम्रो बुझाइ छ । सहकारीमा प्रतिवादी कायम भएर अनुसन्धान गर्ने विषयमा रवि लामिछानेलाई पक्राउ गरेर जब कास्की ल्याइयो । पोखरामा जुन प्रदर्शन गरिएको छ, यो समय र सन्दर्भ नमिलेको भन्ने हाम्रो बुझाइ छ । यो संघर्ष र प्रदर्शन कुनै औचित्य नभएको भन्ने हाम्रो ठम्याइ छ । हामी कुनै राजनीतिक पार्टीसँग आबद्ध छैनौँ । हामी नित्तान्त हाम्रो बचत फिर्ता होस् भन्ने विषयमा मात्रै केन्द्रित छौँ । सरकारले हाम्रो बचत छिटोभन्दा छिटो फिर्ता गराओस् ।

जो जसका कारण पीडित छन् तिनकै घरआँगनमा गएर पीडक भनेर आरोप लागेका व्यक्तिलाई हिरासतबाट छुटाउन भनी सहयोग माग्नु कतिसम्मको हेपाइ हो भन्ने आफैँ प्रष्ट हुन्छ । त्यसैकारण सूर्यदर्शन सहकारी पीडितहरूले रास्वपाले आफ्नो हाम्रो भावनामाथि खेलवाड गरेको भनेर आरोप लगाएको हुनुपर्छ । पीडक आरोप लागेका त्यस्ता व्यक्तिलाई हिरासतमुक्त गराउने आफ्नो आन्दोलनमा आऊन् भन्ने र नआए उनीहरूले गरेको संघर्षलाई दबाइदिने भनेर धम्की दिएका कुरा बाहिर आएको छ । पोखराको सूर्यदर्शन सहकारी बचत पीडितहरूले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको संघर्षलाई दबाइदिने भनेर धम्की दिएको भनेर आरोप लगाएका छन् । यो सामान्य कुरा होइन । एकातिर आफ्नो बचत गुमेको अवस्था, अर्कोतिर त्यस्तो ठगीकर्तालाई जोगाउने आन्दोलनमा उत्रनुपर्ने र त्यसो नगरे बचत फिर्ता गर भन्न समेत नपाउने भनी दिइएको धम्कीको छानबिन हुन जरुरी छ । त्यसै पनि अदालतमा बहस भइरहेको विषयमा आफ्ना पक्षमा फैसला गराउन सडकमा गरिएको रास्वपाको प्रदर्शन आफैँमा आलोच्य थियो । त्यसमाथि यो दलले पीडितमाथि थप पीडा दिएको घटना कदापी स्वीकार्य हुनुहुँदैन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x