Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रोग्रेसिभ फाइनान्सले तीन महिनामा कमायो आठ करोड नाफा

प्रोग्रेसिभ फाइनान्सले तीन महिनामा कमायो आठ करोड नाफा


काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आठ करोड नौ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा छ करोड ११ लाख ८५ हजार छ सय ४३ रुपैयाँ खुद नोक्सानी व्यहोरेको फाइनान्सले निष्क्रिय कर्जा असुलीलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएसँगै फाइनान्सको खुद नाफा बढेर सकारात्मक भएको हो ।

चुक्ता पुँजी ८४ करोड ८१ लाख छ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा छ अर्ब ६८ करोड ९६ लाख ८५ हजार छ सय ८४ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १२ करोड दुई लाख ४० हजार दुई सय ३६ रुपैैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा पाँच करोड छ लाख ४६ हजार एक सय ५५ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब नौ करोड ३० लाख ५७ हजार छ सय ७७ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९२ करोड आठ लाख ९३ हजार नौ सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा फाइनान्सले एक करोड २७ लाख ८७ हजार आठ सय ६२ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो भने निष्क्रिय कर्जाको अनुपात १२ दशमलव ४५ प्रतिशत देखिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x