Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्विच अन रिटेलकोे पाँचौँ सोरुम सञ्चालन

स्विच अन रिटेलकोे पाँचौँ सोरुम सञ्चालन


काठमाडौं । घरायसी इलेक्ट्रोनिक्स सामान र मोबाइल फोनहरूको विक्रेता स्विच अन रिटेलले आफ्नो पाँचौँ सोरुम सञ्चालनमा ल्याएको छ ।

यो नयाँ सोरूम वीरगञ्जको माईस्थान चोकमा सञ्चालनमा ल्याइएको हो । उक्त सोरुमको वीरगञ्ज नगरपालिकाका मेयर राजेश मान सिंह र स्विच अन रिटेल प्रालिका प्रबन्ध निर्देशक सीमा गोल्छाद्वारा गरिएको थियो । वडाध्यक्ष जय प्रकाश अग्रवालको पनि कार्यक्रममा उपस्थिति थियोे । विगत पाँच वर्षदेखि, स्विच अनले मोबाइल फोन, टिभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर र विभिन्न अन्य घरायसी विद्युतीय उपकरणहरू किन्नका लागि विश्वासिलो गन्तव्यको रूपमा आफ्नो प्रतिष्ठा कायम गरेको छ । सोरुमहरूले ग्राहकहरूको सुविधाका लागि किस्ताबन्दी सुविधा र एक्सचेन्ज कार्यक्रम पनि प्रदान गर्छ, जसले ग्राहकहरूलाई पुराना उपकरणहरू नयाँसँग साट्न सहजता
प्रदान गर्छ ।

स्विच अन रिटेलले हाल काठमाडौं उपत्यकाभित्र नक्साल, न्युरोड र भक्तपुर गट्ठाघर गरी तीन सोरुम र उपत्यकाबाहिर नेपालगञ्ज समेत गरी चार सोरुम सञ्चालन गरिरहेको छ । गोल्छाले कम्पनीले गुणस्तरीय इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध गराउँदै ग्राहक सेवाहरूजस्तै किस्ताबन्दी, एक्सचेन्ज कार्यक्रमसहितको सेवा वीरगञ्ज क्षेत्रमा पनि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । गोल्छाले किस्ताबन्दी योजनाको सहजताबारे जानकारी दिँदै किस्ताबन्दी योजना ग्राहकमैत्री र सजिलो रहेको बताइन् । उनका अनुसार यसमा ब्याज वा सेवा शुल्क लाग्दैन र यो योग्य ग्राहकहरूका किस्ताबन्दी प्रक्रिया ३० मिनेटभित्रै पूरा गर्ने हाम्रो प्रतिबद्धता छ । स्विच अन सोरुमहरूमा सामसङ, हिमस्टार, ग्लान्ज, अहुजाजस्ता प्रसिद्ध ब्रान्डका सामानहरू उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x