श्री इन्भेस्टमेन्ट फाइनान्सको नाफा ४१ लाख
काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४१ लाख ५१ हजार एक सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा दुई लाख ९१ हजार ३५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा सात अर्ब ६४ करोड ९५ लाख ८२ हजार छ सय २१ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब १३ करोड ७० लाख ६३ हजार ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा आठ करोड २८ लाख चार हजार सात सय ४१ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ३७ करोड ३४ लाख २५ हजार ७५ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४१ करोड चार लाख ४५ हजार दुई सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ६८ लाख ९५ हजार तीन सय ८४ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
- मिथिला थालीमा रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया