गोर्खाज फाइनान्सको नाफा दुई करोड ४२ लाख
काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ४२ लाख ८० हजार आठ सय तीन रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा छ करोड १६ लाख ९० हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालु आवको पहिलो त्रैमासमा नौ अर्ब ६४ करोड ८१ लाख चार हजार छ सय १४ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ४१ करोड छ लाख १० हजार एक सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड १६ लाख नौ हजार नौ सय ७९ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले नौ अर्ब ५२ करोड ५५ लाख ३७ हजार तीन सय ८२ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ३४ करोड ६४ हजार पाँच सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ३७ लाख तीन हजार ६२ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- थाई एयर एसियाको उडान निलम्बित
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया