Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम

माछापुच्छ्रे क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम


काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । लगानीकर्तालाई शिक्षा तथा सचेतना प्रदान गर्ने उद्देश्यले हरेक वर्ष विश्वव्यापीरूपमा मनाइने ‘विश्व लगानीकर्ता सप्ताह’ नेपालमा नेपाल धितोपत्र बोर्डको संयोजकत्वमा यस वर्ष अक्टोबर २२ देखि २८, २०२४ (६ देखि १२ कार्तिक, २०८१) मा देशव्यापीरूपमा विविध चेतनामूलक कार्यक्रमहरू गरेर मनाइराखिएको छ । यस कार्यक्रम विश्वभरिका पुँजी बजारका नियामक निकायहरूको अन्तराष्ट्रिय संस्थाको आह्वानमा सन् २०१७ देखि हरेक वर्ष मनाउने गरिन्छ ।

यसै, अवसरमा माछापुच्छ्रे क्यापिटल लिमिटेडले यही कातिक ९ गते शुक्रबार, आजका युवा विद्यार्थीहरूमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा उनीहरूलाई सानो उमेरदेखि नै लगानीको महत्व बुझाउनको लागि रामग्राम ५, परासी, नवलपरासीस्थित ‘श्री आदर्श माध्यमिक विद्यालय’मा कक्षा १० र ११ मा अध्यनरत विद्यार्थीहरूका साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्ग, अभिभावक समितिलगायत ९५ जनालाई लगानी तथा वित्तीय जनचेतनासम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको हो । कार्यक्रमको यस वर्षको मुख्य अवधारणा आधारभूत लगानी, प्रविधि र डिजिटल फाइनान्स, वित्तीय अवराध र रोकथाममा केन्द्रित रहेको कार्यक्रम फलदायी रहेको विद्यालयका प्रधानाध्यापक तथा अन्य सहभागीहरूले जानकारी गराए ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी हो । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरी सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x