Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी

फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी


काठमाडौं । नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई अझ गुणस्तरीय बनाउने लक्ष्यका साथ इ–सेवाले फोनपोइन्ट्ससँग सहकार्य गर्ने निर्णय गरेको छ । फोनपोइन्ट्स एक एकीकृत लोयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो, यसबाट व्यवसायीहरूले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यावसायिक अनुभव प्रदान गर्न सक्छन् । प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोबारबाट आर्जन गरेकोे प्वाइन्ट्सलाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छाअनुसार व्यवस्थापन गर्दै आर्कषक अफरहरू अवलोकन गरी तिनको उपभोग गर्ने अवसर फोनपोइन्ट्सले प्रदान गर्छ ।

फोनपोइन्ट्सका प्रयोगकर्ताहरूले विभिन्न व्यावसायिक पार्टनरहरूसँग संलग्न भएर लोयल्टी प्वाइन्ट्स आर्जन गर्न सक्नेछन् । फोनपोइन्ट्सले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरूबाट आर्जन गरेको लोयल्टी प्वाइन्ट्सलाई एक ठाउँमा एकृकीत गर्दछ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्ने हेतु नियमित प्रयोगकर्ताहरूलाई दिइने लोयल्टी प्वाइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको छ । एकीकृत गरिएका लोयल्टी प्वाइन्ट्स प्रयोग गरी विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ ।

फोन पोइन्ट्सको सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरूप्रति अझ बढी आकर्षित गर्न खोजेको छ । फोनपोइन्ट्सका सीईओ सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्छ । यो प्रक्रिया सिधै फोन पोइन्ट्स एपबाट पनि गर्न मिल्ने भएका कारणले प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरिकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x