Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारछवटा फाइनान्सले नाफा कमाउँदा दुईवटा नोक्सानीमा

छवटा फाइनान्सले नाफा कमाउँदा दुईवटा नोक्सानीमा


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था सहज देखिएको छ । गत आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा सञ्चालनमा रहेका १७ मध्ये अधिकांश फाइनान्स कम्पनीहरूले नोक्सानी बेहोरेका थिए । तर, यस वर्ष पहिलो त्रैमासमा हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका आठमध्ये छवटाले नाफा कमाएका छन् भने दुईवटाले नोक्सानी बेहोरेका छन् । यसले फाइनान्स कम्पनीहरू यस वर्ष सहज अवस्थामा रहेका छन् भन्ने देखाउँछ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका मध्ये गत आवको सोही अवधिमा चारवटा फाइनान्स खुद नोक्सानीमा थिए ।

यस वर्ष पहिलो त्रैमासमा मञ्जुश्री, प्रोग्रेसिभसहितका छवटा फाइनान्सले खुद मुनाफा कमाउँदा बेस्ट फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी खुद नोक्सानीमा देखिएको छ । यस अवधिमा मञ्जुश्रीले आठ करोड २७ लाख ७५ हजार रुपैयाँ नाफा कमाउँदा तीन दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा मञ्जुश्रीले आठ करोड २७ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । प्रोग्रेसिभ फाइनान्सले भने चालू आवको पहिलो त्रैमासमा आठ करोड नौ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सात दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा छ करोड ११ लाख ८५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको प्रोग्रेसिभमा १२ दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

आईसीएफसी फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासमा छ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ भने तीन दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा ९३ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाएको आईसीएफसीमा तीन दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गुडविल फाइनान्सले पनि पछिल्लो अवधिमा चार करोड ९५ लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा तीन करोड ५० लाख १७ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको गुडविलमा तीन दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

अपरिष्कृत वित्तीय विवरणअनुसार गोर्खाज फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासमा दुई करोड ४२ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यो फाइनान्सले छ करोड १६ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । यसैगरी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले पनि चालू आवको पछिल्लो अवधिमा ४१ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा यो फाइनान्सले दुई लाख ९१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । बेस्ट फाइनान्सले भने चालू आवको पहिलो त्रैमासमा ८६ लाख ४१ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा तीन दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा यो फाइनान्सले एक करोड ९८ लाख २२ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा पाँच दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासमा ११ करोड ३३ लाख ६८ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा १३ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यो फाइनान्सले पाँच करोड ३९ लाख ८० हजार रुपैयाँ खुद नोक्सानी बेहोर्दा चार दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x