चुच्चे नक्सासहितको एक सय दरको नोट चिनियाँ कम्पनीले छाप्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको संविधानको अनुसूचीमा भएको चुच्चे नक्सा अङ्कित एक सय रुपैयाँ दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । बोलपत्रमार्फत कम मूल्य प्रस्ताव गर्ने ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’ले नोट छाप्ने जिम्मा पाएको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले एक सय रुपैयाँ दरका ३० करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई छनोट गरेको हो । गत वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सासहितको फोटो राख्ने निर्णय गरेको थियो । सो कम्पनीले एक सय रुपैयाँको नोट छापेपछि आपूर्ति तथा डेलिभरी पनि गर्नेछ । अहिलेसम्म पहिलो चरणको काम सकिएको छ भने सम्झौता हुन बाँकी छ ।
राष्ट्र बैंकले एक सय रुपैयाँ दरको नोटमा पहिला पनि नेपालका नक्सा रहेको र अब सरकारको निर्णयअनुसार संशोधन गर्न लागिएको जनाएको छ । एक सयको नोटमा नेपालको नक्सा स्पष्ट भने देखिँदैन । नोटको डिजाइन पुरानै जस्तो हुने राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : बिबिध, बैंक बित्त बजार
ट्याग : #page 2
ताजा अपडेट
- डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान
- ‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस
- ड्रागनखेतीमा जमेका लाहुरे
- बजार परिसुचक २६ सय ४५ बिन्दुमा
- ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान
- युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
- निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न ऊर्जामन्त्रीसमक्ष माग
- भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ: गृहमन्त्री लेखक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया