Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगरविको गिरफ्तारी र सेयरबजार

रविको गिरफ्तारी र सेयरबजार


काठमाडौं । रास्वपाको सभापति रवि लामिछानेको पक्राउपछि सेयरबजारमा समेत असर पर्यो भनेर सेयरबजारमा चर्चा चल्यो । रवि लामिछानेलाई समातेको भोलिपल्ट नै सेयरबजारमा गिरावट आएको थियो । बढ्ने क्रममा रहेको नेप्से रवि लामिछानेलाई गिरफ्तार गरेलगत्तै घटेको हो भन्ने कतिपयको भनाइ छ भने कतिपयको भनाइमा रवि लामिछानेको गिरफ्तारीमा सेयरबजारमा कुनै असर नपरेको सेयरबजारमा नेप्से घट्नेबढ्ने भनेको भइरहने विषय हो भनेर पनि भन्ने गरेका छन् । तर पनि रवि लामिछानेलाई पक्राउ गरेपछि सेयरबजारमा भने चर्चा चलेको हो भन्दा पनि फरक नपर्ला । कतिपयको भनाइमा सेयरबजारलाई राजनीतिसँग जोड्न नहने बताउँछन् । तर पनि रवि लामिछानेको पक्राउपछि देशमा हलचल भने भएको थियो ।

दुई वटा नागरिकता, दुई वटा राहदानी बोक्ने २०७९ सालको आम निर्बाचनमा नक्कली नागरिकताबाट प्रतिनिधि सभाको सदस्य पदमा उम्मेदवारी दिएका कारणले सांसदको पद समेत खारेज भएको व्यक्ति हुन्, रवि लामिछाने । नेपाली बन्न मन परेन भनेर नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएर बसेका व्यक्ति हुन्, लामिछाने । रास्वपाको सभापति पूर्वगृहमन्त्री लामिछानेलाई सहकारीको रकम अपचलन गरेकाले पक्राउ गरेको भन्ने राजनीतिक वृत्तमा चर्चा चलेको थियो । लामिछानेका समर्थकलाई त्यसो त कतिपयले ‘झोले’ भनेर पनि भन्ने गरेका छन् । तिनीहरू सडकमा उत्रिएर वा उतारिएर । सडकमा नारा जुलुसहरू पनि भए । त्यसो त नेताहरूलाई बिगार्नेले नै भ्रष्टाचारी बनाउने हिटलरजस्तो बनाउने नै राजनीतिक दलका नेता कार्यकर्ता झोले समर्थकहरू रहेको बताउँछन् । विभिन्न राजनीतिक दलहरू स्वयं सरकारले नैतिक र अनैतिक, जायज र नाजायज काम गरेको भए पनि यिनीहरूको दलका नेता कार्यकर्ताहरूले समर्थकहरू अन्धभक्त भएर समर्थन गर्ने भएकाले सरकारमा बस्ने दलका नेताहरूलाई अनैतिक नाजायज काम गर्नको लागि हौसला मिलेको बताउँछन् जानकारहरू । आफ्ना साथमा नेता कार्यकर्ताहरू समर्थकहरू छन् भनेर अनैतिक काम गर्न डराउँदैनथ्यो । त्यसो त रास्वपाका सभापति रवि लामिछानेलाइ त्यस्तो ठूलो आपराधिक मुद्दामा पक्राउ गरेको पनि होइन । सहकारीको रकम अपचलन गरेकोमा मात्रै पक्राउ गरेको थियो । तर यसको लागि रवि लामिछानेका समर्थकहरूले सडक आन्दोलन गर्न आवश्यक नभएको बताउँछन् । नागरिक समाजका अगुवाहरू यदि रवि लामिछाने निर्दौष भए छुटिहाल्छन् भन्ने नै नबुझी आत्तिने गरेका छन् ।

त्यसो त फौजदारी मुद्यदामा पक्राउ पर्ने गृहमन्त्रिहरूमा रवि लामिछाने पहिलो भने होइन यसभन्दा पहिले त बहाल वाला गृहमन्त्रिलाइ पनि पक्राउ गरेको थियो । बिगतमा पक्राउ पर्ने गृहमन्त्रिहरूमा गोविन्दराज जोशि, कृष्णबहादर महरा, खुम बाहादर खड्का, बिजय कमार गच्छेदार, बालकृष्णा खाँडहरू पनि पक्राउमा परिसकेका थिए । रवि लामिछाने त छठौ हो । पहिला पहिला त यिनका कार्यकर्ताहरूले त सडक आन्दोलन गरेन । अब किन आबश्यक थियो र ? यस अघि त रवि लामिछानेलाइ सहकारी ठगको त्याग नै लागेको थियो नि । अहिले सहकारीको रकम अपचलन गरेको मात्र आरोप थियो नि होइन र ? सहकारी ठगि प्रकरणका अभियक्तहरू छवि लाइत समाति सकेका छन तर जिबि राइलाइ भने समात्न सकेका छैन वा समात्न चाहदैन वा बजारमा हल्ला चले अनुसार जि वि राइ बाँचेका त छन ? त्यसो त कतिपयको भनाइमा रविलाइ राजनितिक प्रतिशोधको लागि पक्राउ गरेको थियो भन्ने पनि चर्चा छ राजनितिक बृत्तमा । भने कतिपयको भनाइमा रवि लामिछानेलाइ फसाउन खोजेको हो भन्ने पनि चर्चा छ बजारमा । त्यसो त रवि लामिछानेको बारेमा अदालतले केहि निर्णय त अबश्यै गर्ला रवि लामिछानेलाइ किन समात्यो भनेर सडक आन्दोलन गर्न भन्दा सहकारी पिडितहरूलाइ न्याय दिनमा फोकस हुन पर्दछ । बिभिन्न सहकारीहरूमा आम नागरिकहरूको करोडौं अरवौ रकम फसेका छन । यसमा ध्यन नदिइ रवि लामिछानेलाइ किन समात्यो भनेर सर्मथकहरू आन्दोलन गर्ने गरेका छन । त्यसोत सहकारी पिडतहरूको सकम वा समस्या समाधान गर्न सरकार राज्य त्यति गम्भिर नभएको जस्तो देखिन्छ । त्यसो त पछिल्लो समयमा सहकारीका संचालकहरू र पिडित बचतकर्ताहरू बिच बिभिनन सहमति सक्झौताहरू हने गरेको बताउछन सरोकारवालाहरू। धेरैजसो ठुला सहकारीहरूले निक्षेपकर्ताहरूको निक्षेपलाइ घर जग्गामा लगानि गरेको पाइएको छ । कतिपयले सेयरबजारमा पनि लगानि गरेको देखिएका छन । घर जग्गामा मन्दि आए पछि सहकारीहरू समस्यामा परेको बताउछन जानकारहरू धेरै जसो सहकारीहरूको जग्गामा फसेको कारणले अहिले सहकारीहरूले आफ्ना निक्षेपकर्ताहरूलाइ जग्गा लिनको लागि दवाद दिने गरेको बताउछन सहकारी पिडितहरू यसको लागि केृेहि सहकारीहरूले कमिशन दिएर बिचोृयिाहरूनै राख्ने गरेको बताउछन पिडितहरू । अहिले सहकारी पिडितहरू लाइ नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छा बाउको अनहार जस्तै भएको छ । जग्गा लिउँ किन्ने छैन कहिले पैसा उसल्ने नलिउ आफ्नो रकम सहकारीबाट फिर्ता हने हो कि होइन भन्ने दोधारमा रहेको बताउछन सहकारी पिडितहरू ।

त्यसो त सहकारीमा कतिपयले करोडौ करोड रकम जम्मा गरेको पनि देखिन्छ तर सहकारी मा करोडौ करोड रकम जम्मा गर्ने नै हेइन करोडौ करोड जम्मा तबैंकहरूमा जम्मा गर्न पर्ने हो नि । सहकारी सस्थाहरूमा समस्या देखापरेको पनि ठुला ठला निक्षेपहरू जम्मा गर्नै र लिने गरेको कारणले हो भन्दा पनि फरक नपर्ला यसमा सरकार राज्यको पनि दोष रहेका देखिन्छ । यदि सरकार राज्यले समय समयमा अनुगमन गर्ने गरेको भए सहकारीहरू लाइ असनको साँढे जस्तै नछादेको भए अहिले आएर सहकारीका निक्षेपकर्ताहरू पिडित बन्न पर्ने थिएन होला । सहकारी पिडितहरूको समस्णको समाधान गर्ने दायित्व भनेको सरकार राज्यको हो तर पनि सरकार यसमा सम्बेदनशिल नभएको जस्तो देखिनछ । त्यसोत ठुला ठला सहकारी सस्थाहरूमा त बिभिन्न राजनितिक लका नेताहरूको रहेका बताउछन जानकारहरू यसकारणले पनि सरकार सहकारी पिडितहरूको समस्यालाइ समाधान गर्न त्यति चासो नदेखाउको हो भन्दा पनि फरक पर्दैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x