शक्तिकान्त बने विश्वको शीर्ष केन्द्रीय बैंकर
नयाँदिल्ली । भारतीय केन्द्रीय बैंक रिजर्व बैंक इन्डिया (आरबीआई)का गभर्नर शक्तिकान्त दास लगातार दोस्रो वर्ष विश्वको शीर्ष केन्द्रीय बैंकर बनेका छन् । शक्तिकान्त दासले केन्द्रीय बैंकको रिपोर्ट कार्ड २०२४ मा फेरि ए प्लस ग्रेड पाएका छन् । यो अवार्ड अमेरिकाको वाशिङटन डिसीमा रहेको ग्लोबल फाइनान्सले आरबीआई गभर्नरलाई प्रदान गरेको हो ।
आरबीआईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शक्तिकान्त दासको अवार्ड पाएका केही तस्बिरहरू सेयर गरेको छ । ग्लोबल फाइनान्सले दुई महिनाअघि यो अवार्ड घोषणा गरेको थियो ।
शक्तिकान्त दासलाई मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि, मुद्रामा स्थायित्व र ब्याजदर नियन्त्रणका लागि यो सम्मान प्रदान गरिएको हो । उनी गत वर्ष पनि शीर्ष केन्द्रीय बैंकर निर्वाचित भएका थिए । उनले गतवर्ष पनि ए प्लस रेटिङ पाएका थिए । गतवर्ष जुनमा लन्डनमा सम्पन्न सेन्ट्रल बैंकिङ अवार्ड २०२३ मा दासलाई ‘गभर्नर अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको थियो ।
ग्लोबल फाइनान्स पत्रिकाका अनुसार उनीहरुले दिने ग्रेडहरु मुद्रास्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्यहरु, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’को स्केलमा आधारित छन् । शक्तिकान्त दास आरबीआईका २५औँ गभर्नर हुन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान
- ‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस
- ड्रागनखेतीमा जमेका लाहुरे
- बजार परिसुचक २६ सय ४५ बिन्दुमा
- ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान
- युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
- निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न ऊर्जामन्त्रीसमक्ष माग
- भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ: गृहमन्त्री लेखक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया