अलैँचीको मूल्यमा केही सुधार
किमाथाङ्का (सङ्खुवासभा) । एक दशकअघिदेखि सङ्खुवासभामा ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु. ९० हजार पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन रु. एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो ।
हाल अलैँचीको मूल्य प्रतिमन ९० हजार रहेको अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको अध्यक्ष श्रेष्ठले बताए । गत वर्ष रु. ६०/६५ हजार कारोबार भएको थियो ।
व्यवसायी श्रेष्ठले अलैँची उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको बताए । ग्रेडिङ राम्रो भएको अलैंची ९० हजार र ग्रेडिङ नभएको नर्मल अलैंची ८७ हजार कारोबार भइरहेको व्यवसायीको भनाइ छ । भारत, पाकिस्तानलगायतको देशमा पछिल्लो समय अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको छ ।
अलैँची व्यवसायी महासङ्घले जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको जनाएको छ । मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरु गरेको व्यवसायी बताउँछन् ।
अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । अन्ठान्नब्बे प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ । सङ्खुवासभामा दुई हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो ।
अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ । नेपालमा उत्पादित अलैँचीको बजार भारत हो ।
नेपालमा उत्पादित अलैँचीको बजार भारत हो । अन्ठान्नब्बे प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ । दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पान घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- डेङ्गी नियन्त्रण गर्न घरदैलो अभियान
- ‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस
- ड्रागनखेतीमा जमेका लाहुरे
- बजार परिसुचक २६ सय ४५ बिन्दुमा
- ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान
- युवा नीतिमा एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी
- निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न ऊर्जामन्त्रीसमक्ष माग
- भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ: गृहमन्त्री लेखक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया