Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंवासीलाई बाह्रैं महिना पानी खुवाउने मन्त्री यादवको प्रतिबद्धता

काठमाडौंवासीलाई बाह्रैं महिना पानी खुवाउने मन्त्री यादवको प्रतिबद्धता


काठमाडौँ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौँ उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले काठमाडौँ उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताए । मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरू बनाइरहेको बताउदै मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेन्डरका लागि प्रक्रिया अघि बढाइएको जानकारी गराए ।

सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौँ ल्याउने तयारी गरिएको बताउदै मन्त्री यादवले शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौँ पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गरे । काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गर्दै उनले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरू संशोधन गरी अघि बढिरहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x