Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारजीवन बीमा कम्पनीहरुले गरे ४१ अर्बको व्यापार

जीवन बीमा कम्पनीहरुले गरे ४१ अर्बको व्यापार


काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ कोे पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढीको व्यापार गरेका छन् । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्म ४१ अर्ब आठ करोड एक लाख रुपैयाँबराबर बीमाशुल्क सङ्कलन गरेका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क सात अर्ब ५३ करोड ९५ लाख रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क ६१ करोड ८८ लाख रुपैयाँ र बीमा नवीकरणबापत ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सले असोजसम्म सबैभन्दा धेरै ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । नेपाल लाइफपछि धेरै बीमा शुल्क सङ्कलन गर्ने कम्पनी नेसनल लाइफ छ । नेसनल लाइफलेले चार अर्ब ९० करोड ५० लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । यसपछि, एलआईसी नेपालले चार अर्ब ५७ लाख ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । हिमालयन लाइफले चार अर्ब ३१ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई अर्ब ४९ करोड ९३ लाख, एशियन लाइफले दुई अर्ब तीन करोड ६८ लाख, सानिमा रिलायन्स लाइफले एक अर्ब ५७ करोड २२ लाख, प्रभु महालक्ष्मीले एक अर्ब २४ करोड दुई लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सबैभन्दा कम बीमाशुल्क आर्जन सन नेपाल लाएफ इन्स्योरेन्सले ९३ करोड २७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । थोरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । यो कम्पनीले एक अर्ब २० करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सञ्चालनमा रहेका तीनवटा लघु जीवन बीमा कम्पनीहरुले भने यस वर्षको पहिलो तीन महिनामासम्म २२ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । सबैभन्दा धेरै व्यवसाय गर्ने गार्डियन माइक्रो लाइफले आठ करोड ७१ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले सात करोड ९७ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले पाँच करोड ४४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x