घट्यो बैंकहरूबीचको कारोबार
दुई महिनाको अन्तरबैंक कारोबार लगभग दुई खर्ब
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबीच अल्पकालीन अवधिको लागि हुने पारस्परिक कारोबार अर्थात् अन्तरबैंक कारोबार घटेको छ । प्रणालीमा निक्षेप बढ्दै गएको तर कर्जाको विस्तार न्यून हुँदा अधिक तरलता छ । बैंकमा पैसा थुप्रिएपछि बैंकहरूबीच हुने कारोबारमा पनि कमी आएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा एक खर्ब ९३ अर्ब ७० करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ । जसमध्ये वाणिज्य बैंकहरूले एक खर्ब ९० अर्ब १० करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूले तीन अर्ब ६० करोड रुपैयाँबराबरको कारोबार गरेका छन् ।
राष्ट्र बैंकका अनुसार यो कारोबार रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै आठ खर्ब रुपैयाँले कम हो । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकले नौ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले एक खर्ब ५६ अर्ब ३८ करोड गरी कुल १० खर्ब ८० अर्ब ८० करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
राष्ट्र बैंकका अनुसार अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० भदौमा पाँच दशमलव ८८ प्रतिशत रहेकोमा २०८१ भदौमा तीन प्रतिशत छ । २०८१ भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर सात दशमलव ४९ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव १५ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव ६५ प्रतिशत छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव १४ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव १२ प्रतिशत र फाइनान्स कम्पनीहरूको १३ दशमलव ५२ प्रतिशत थियो । २०८१ भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव ५३ प्रतिशत, विकास बैंकहरूको छ दशमलव ३१ प्रतिशत र फाइनान्स कम्पनीहरूको सात दशमलव ५५ प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार २०८० भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव शून्य छ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव ४३ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव २७ प्रतिशत थियो । त्यसैगरी, २०८१ भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर नौ दशमलव ५२ प्रतिशत, विकास बैंकहरूको १० दशमलव ८९ प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशमलव १४ प्रतिशत रहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव २३ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ९९ प्रतिशत र फाइनान्स कम्पनीहरूको १४ दशमलव ६८ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । २०८० भदौमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर पाँच दशमलव ९५ प्रतिशत रहेकोमा २०८१ भदौमा दुई दशमलव ८९ प्रतिशत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
- राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने
- पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण
- ४६ अंकले उक्लियो शेयर बजार, सबै सुचक हरियो
- चौबिस फरार प्रतिवादी पक्राउ
- विपद् प्रभावितलाई लत्ताकपडा वितरण
- विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ: मन्त्री दाहाल
- कृषि वैज्ञानिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया