संसद्मा जाइकटक र झिकीकटकका शृङ्खला
काठमाडौं । न्यूटनको सिद्धान्तअनुसार हरेक क्रियाको विपरीत र उल्टो प्रतिक्रिया हुन्छ। पृथ्वी नारायण शाहको दिव्य उपदेशमा भनिएको छ ‘जाइकटक गर्नु झिकिकटक नगर्नु ।’ हाम्रा बुढापाकाहरूको भनाइमा पनि आफू जाइनलाग्नु आइलाग्नेलाई बाँकी नराख्नु भन्ने छ ।
माथिका भनाइहरू हाम्रो सामाजिक र राजनीतिक व्यवहारमा सधैँ मेल खाँदै आइरहेका छन् । ०७९ मंसिरमा भएको चुनावपछि संंसद्मा नयाँ शक्तिको रूपमा रवि लामिछानेको उदय भए । यसले परम्परागतरूपमा सत्ताको बाघडोर सम्हालिरहेका दलहरूलाई थ्रेट महसुस भयो । प्रचण्ड काम्रेडको भाषामा निरन्तरतामा क्रमभंगता भएझैँ भयो । २१ सिटसहित संंसद्मा आएको रास्वपा पार्टीले भ्रष्टाचार ढिलासुस्ती र अनियमितताको उछितो काडेर विरोध गर्न थाल्यो । निउँ के पाउँ भन्ने थियो । रवि लामिछानेको कमजोरी खोजीनीतिको विषय बन्यो । दुई वटा नागरिकता, दुई वटा पासपोर्ट फेला परेपछि उनी गृहमन्त्री भएकै बखत पहिलो पटक अनागरिक भए । गृहमन्त्रीको पद र सांसदको पद पनि गयो । हुन त यस्ता दोहोरो नागरिकता भएका पुराना पार्टीका अरू पनि पदासिन व्यक्तिहरू छन् । कसैले पनि त्यसको वास्ता गरेको बुझिएको छैन । जो चुदुरबुदुर गर्छ, कसैले नगरेको नयाँ काम गर्न खोज्छ उसले यो नियति भोग्नुपर्ने कुरा सामान्य नै हो । हाम्रा पुराना बुढापाकाले भन्ने गर्दथे, ‘अन्धाको देशमा गए आँखा चिम्लनु र अपाङ्गको देशमा पुग्दा खुट्टा खोच्याउनु ।’ त्यो रवि लामिछानेले गरेनन् । नयाँ काम गर्न जनताको मत लिएर आएका उनले संंसद्मा आएर पनि भ्रष्टाचार र अनियमितताको खुलेर विरोध गरे । रविलाई अरूले भन्दा नयाँ कसरी गरौँ ? भन्ने थियो । नयाँ गर्नकै लागि जनताको म्यान्डेट पाएका उनले नयाँ नगर्नेबित्तिकै उनको औचित्य पनि त समाप्त हुन्थ्यो । यसैले के–के गर्न सकिन्छ ? त्यो उनले गर्ने प्रयास गरे । प्रहरी संंगठनमा सरुवा बढुवा आदि पावर र पैसाको आधारमा हैन योग्यता क्षमता र सेवा अवधिका आधारमा हुने भन्ने उर्दी जारी गरे । यसले प्रहरी संगठनमा पनि नयाँ आशा जगाएकै थियो । ढिलासुस्ती र घुसखोरीको विरुद्धमा पनि केही काम हुन सुरु भएकै थियो । तर उनको नागरिका केसको उल्झनले गृहमन्त्री र सांसदको पद गयो । अनागरिक समेत भएकाले रास्वपा पार्टीको अध्यक्ष पद समेत गयो । दुई दिनपछि उनले पुरानो नागरिकता बुझाइ त्यही नम्बरमा नयाँ नागरिकता लिएपछि बल्ल पुनः नेपालको नागरिक हुन पाए । उनको पार्टी अध्यक्ष पद फिर्ता भयो । चितवनमा उनको क्षेत्रमा नयाँ चुनाव भयो । भारी मतले पुनः उनी विजयी भएर संसद्मा आइपुगे ।
संंसद्को सबैभन्दा ठूलो दल नेपाली कांंग्रेसको समेत समर्थनमा प्रचण्ड काम्रेडले सरकारको नेतृत्व गरिरहनु भएको थियो । रास्वपा यो मन्त्रीमण्डलमा समावेश हुन चाहेन । यस बखत रविले गर्ने भूमिकामा माओवादी पार्टीको नेतृत्वको सरकारले केही उल्लेखनीय कार्यहरू गर्यो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्ड, टिकापुर जग्गा काण्ड, सुन काण्डजस्ता ठूला काण्डका फाइल खोले । माओवादीका प्रभावशाली नेता वर्षमान पुन समेत सुन काण्डमा तानिए । पूर्वसभामुख महराका बाबुछोरा नै तानिइसकेका थिए । भलै यो केस अगाडि जान भने सकेन । यसमा माओवादी पार्टीका केही बाध्यताहरू थियो । ललिता निवास काण्डमा भाटभटेनीका साहु मीनबहादुर गुरुङ जेलकै हावा खान पुगे । पछि उनी धरौटीमा रिहा भएका हुन् । अदालतमा मुद्दा चलिरहेकै छ । मुद्दा टुङ्गिएको अवस्था छैन । भुटानी शरणार्थी काण्डमा कांंग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाँण समेत जेल पुगे । देउवा पत्नी आरजु राणा स्वयं पनि यो केसमा छानबिनको दायरामा थिइन । उनलाई टीकापुर जग्गा काण्डमा पनि तानिने छाटकाट आइसकेको थियो । यही क्रममा केही समझदारी बनाउन भनि पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ पूर्वप्रधानमन्त्री देउवाको निवास पुगेका थिए । आरजुका कुरा सुन्नेबित्तिकै देउवा, ‘मर्ता क्या नै कर्ता’ भनेर जंंगिएर जुरुक्क उठेकोे भन्ने खबर बाहिरिएको छ । प्रचण्ड मन्त्रीमण्डलको सरकारले पनि भ्रष्टाचारको सवालमा केही गर्न खोजेको भन्ने कुरा त्यसबेलाको गतिविधिबाट बुझिन्छ ।
कोही पुनः त्यही आफ्नो मातृ पार्टीमा आएर मिसिए । यसपछिका दिनहरूमा माओवादी केन्द्र पनि पुराना राजनीतिक दलकै रूपमा दर्ज भएर अगाडि बढिरहेको थियो । तर रविको आगमनपछि आएको रौनकले प्रचण्ड काम्रेड र नारायणकाजीजस्ता केही गरौँ भन्ने भावना भएका नेताहरूलाई नयाँ रक्तसञ्चार भएको देखिन्छ । यसै व्यवस्थाभित्र पनि गरे केही हुन्छ भन्ने प्रभाव केहीलाई त परेकै हो ।
संंसद्मा रवि बेलाबेला भन्ने पनि गर्थे, ‘हाम्रै कारणले भ्रष्टाचारको सवालमा केही कुरा भएका छन् ।’ जसले गरे पनि राम्रै गरे त के भो ? हाम्रै कारणले किन भनिरहनुपर्यो ? संंसदीय व्यवस्थाको कमजोरीको रूपमा देखापरेको जस अरूलाई दिनै नचाहने प्रवृत्ति रविमा पनि देखियो ।
भ्रष्टाचारका ठूलाठूला फाइलबाहिर आउन थालेपछि संंसद्मा रहेका ठूला दलहरू प्रचण्डको सरकारमा भएको हालीमुहाली देखि वाक्क भएको अवस्था थियो । दुवै ठूला दललाई खेलाउने र पछार्ने रणनीति बुझेका दलका शीर्ष नेताहरूले प्रचण्डको चालबाजी बुझिहाले । कहिल्यै मिल्न नसक्ने ठूला दलका शीर्ष नेताहरूको आपसमा मन्त्रणा भयो । अचानक पासा पल्टियो । नेकपा एमालेका अध्यक्ष खड्ग प्रशाद वलीको नेतृत्वमा सरकार बन्यो । नेकपा माओवादी केन्द्र र रास्वपा पार्टी पनि विपक्षी दलको बेन्चमा बस्न बाध्य भयो ।
आफ्ना प्रिय भाउजुको विरुद्ध उभिएका तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको बिल्ला भिराउन पहिल्येदेखि नै युवा नेता भनिने गगन थापाहरू सक्रिय थिए । सरकारबाट रास्वपा हटिसकेपछि रवि पावरबाट झरिसकेको अवस्था थियो । उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगेको आरोपमा संंसद्को छानबिन समितिले कार्यवाहीको निशाना बनायो । रविले गरेको क्रियाको यो काँग्रेसको प्रतिक्रिया थियो ।
सहकारी छानबिन समितिका संयोजक सूर्य थापालाई पत्रकारहरूले सोधेको प्रश्नको उत्तर यस्तो छः–
१) लामिछाने कुनै सहकारीको सदस्य बनेका छन् ?
उत्तर – छैनन् ।
२) कुनै सहकारीका सञ्चालक बनेका छन् ?
उत्तर – छैनन् ।
३) रवि लानेछानेले कुनै सहकारीबाट ऋण लिएका छन् ?
उत्तर – छैनन् ।
४) ऋणको लागि कतै निवेदन दिएका छन् ?
उत्तर – छैनन् ।
५) कतै कागजात पेस गरेका छन् ?
उत्तर – छैनन् ।
६) कतै आफैँ उपस्थित भएर ऋण मागेका छन् ।
उत्तर – छैनन् ।
७) गोरखा मिडियाको सञ्चालक समितिको माइन्युटमा सहकारीबाट ऋण लिने भन्ने कहिल्यै कुनै निर्णय गरिएको छ ?
उत्तर – छैन ।
अन्तिममा उनै सूर्य थापा भन्छन्, ‘हामीले रवि लामिछानेलाई दोषी किटाण नै गरिसकेका छौँ । किनभने यसको खर्चमा उनी दोषी छन् । उनले गोरखा मिडियामा बसेर चेक काटेका छन ।’
माथिको प्रश्नोत्तरले रवि लामिछानेलाई राजनीतिकरूपमा प्रतिशोध साँधेको मात्र देखिन्छ । भलै उनी प्रहरीको कस्टडीमा पुगिसकेका छन् । सहकारी ठगीको रकम ८७ अरबभन्दामाथि पुगिसकेको भन्ने देखिन्छ । यसमा ठूलाठूला ठगी काण्डका अपराधीहरू पुराना र ठूला पार्टीकै देखिएका छन् । उनीहरू ढुक्कले आरामको निन्द्रा निदाइरहेको अवस्था छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
- राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने
- पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण
- ४६ अंकले उक्लियो शेयर बजार, सबै सुचक हरियो
- चौबिस फरार प्रतिवादी पक्राउ
- विपद् प्रभावितलाई लत्ताकपडा वितरण
- विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ: मन्त्री दाहाल
- कृषि वैज्ञानिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया