Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट

विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट


वासिङ्टन । विश्वबजारमा सोमबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बेन्चमार्कमा सोमबार साँझको तथ्याङ्कअनुसार ब्रेन्ट क्रुड आयलको मूल्य एक दिनमै साढे पाँच प्रतिशत घटेको छ । ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ७१ दशमलव ३८ डलरमा झरेको छ ।

शनिबार इजरायलले इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि सोमबार मूल्यमा गिरावट आएको हो । इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि राहत महसुस भएसँगै तेलको मूल्यमा गिरावट आएको व्यापारीहरुले बताएका छन् ।

इजरायलले सप्ताहन्तमा इरानका विभिन्न प्रान्तमा रहेका क्षेप्यास्त्र कारखाना र सैन्य सुविधाहरूमा आक्रमण गरेको थियो । ‘इजरायलको आक्रमणले ऊर्जा स्थलहरूलाई सावधानीपूर्वक बचाउँदै इरानसँगको पूर्ण युद्धको डरलाई कम गरेको छ’, एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इन्नेसले भने, ‘अझ धेरै स्पष्ट प्रतिक्रिया इरानको छ । आफ्ना चेतावनीहरूले इजरायलको कुनै पनि आक्रामक कारबाहीलाई रोक्न सक्छ भन्दै इरानले आक्रमणको प्रभावलाई कम आकलन गरेको छ । यसले आगामी दिनहरूमा तेलको जोखिम प्रिमियममा सम्भावित निरन्तर घटाउने अवस्था सिर्जना गर्दछ ।’

उनका अनुसार तनाव थप कम भएमा मूल्यमा गिरावट जारी रहन सक्छ । व्यापारीहरूले सन् २०२५ को आपूर्ति बढीको सम्भावनामा ध्यान केन्द्रित गरिरहेकाले सम्भवतः प्रतिब्यारेल चार सय ६० डलरसम्म झर्न सक्छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x