राजविराज (सप्तरी) । विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
वारदात पश्चात फरार रहेका ती प्रतिवादीलाई तिहारको मौकामा गाउँघरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले राससलाई जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा चोरी, लेनदेन, कुटपिट, जालसाजी र लागुऔषध कसूरका प्रतिवादी छन् ।
अदालतले रु. पाँच जरिवानादेखि सात दिन कैदसम्म भुक्तानी गर्न बाँकी रहेका प्रतिवादीसमेत पक्राउ परेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
त्यसैगरी राजविराज नगरपालिका–६ सखडा रोडबाट रु. तीन लाख नौ हजार छ सय ९५ को भन्सार छली गरेको कपडासहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रूपनी गाउँपालिका–५ का २६ वर्षीय चुनचुन यादव र राजगढ गाउँपालिका–२का २८ वर्षीय सञ्जय साह छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड
- राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने
- पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण
- ४६ अंकले उक्लियो शेयर बजार, सबै सुचक हरियो
- चौबिस फरार प्रतिवादी पक्राउ
- विपद् प्रभावितलाई लत्ताकपडा वितरण
- विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ: मन्त्री दाहाल
- कृषि वैज्ञानिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया