क्यान्सर रोगको कारण–उपचारका उपाय
काठमाडौं । अर्बुद रोग आज संसारभरिमा दिनहुँ बढ्दो स्वास्थ्य समस्याको रूपमा देखापर्न थालेको छ । यो समस्या औद्योगिकृत मुलुकहरूमा मात्र सीमित छैन । मान्छेको बढ्दै गएको औसत आयु, बढ्दो सहरीकरण एवं औद्योगीकरण तथा खाद्य परिकार र जीवनशैलीमा आएका नयाँ–नयाँ परिवर्तनहरू नै यो रोग फैलिनुको मुख्य कारणको रूपमा रहेको देखिन्छ । तर समयमै अलिक विचार पुर्याउन सके हामी यो भयावह संख्यालाई निकै हदसम्म तल झार्न सक्छौँ । यसैगरी हामीले हाम्रा दैनिक उपभोगका खाद्य परिकारहरू पनि अलि राम्रोसँग निरीक्षण–परीक्षण गरेर मात्र खाने गरेको भए कम–से–कम ३३ प्रतिशतसम्म त यो रोग कम गर्न सकिन्छ । कुनै खास कारणले गर्दा मानव शरीरका कोषहरूको अस्वाभाविक वृद्धि हुन गएमा त्यसले क्यान्सरको रूप लिन्छ, जुन नसर्ने रोगहरूमध्ये सबैभन्दा खतरनाक रोग हो । यसरी कोषहरूको असन्तुलित वृद्धिले गर्दा शरीरको अन्य अंगमा दबाब पर्नाले शरीरका अन्य स्वस्थ कोषहरूलाई चाहिने पोषणयुक्त तत्वको अभाव हुन गई तिनीहरू कमजोर हुँदै जान्छन् भने रोगग्रस्त कोषहरू शरीरको एक अंगबाट फैलिँदै अन्य भागहरूमा पनि पुग्छन् । यसरी यी क्यान्सरयुक्त कोषहरू श्वासप्रश्वास प्रणालीका अंगहरू, रक्तसञ्चार प्रणालीका अंगहरू, पाचन प्रणालीका अंगहरू र मस्तिष्क केन्द्रसम्म पुगेपछि प्रत्येक प्रणालीको बाटोमा अवरोध उत्पन्न भई व्यक्तिको मृत्यु हुन्छ । क्यान्सर रोग जुनसुकै जनजाति, जुनसुकै उमेर–समूह तथा शरीरको जुनसुकै भागमा र तन्तुमा हुन सक्छ । यसलाई मुख्यतया दुई भागमा बाँड्न सकिन्छ–
—कडा ट्युमर
—ल्यूकेइमियास तथा लिम्फोमास
यी क्यान्सर रोगहरू विकसित तथा विकासोन्मुख दुवै देशका नरनारीहरूलाई लाग्ने गर्छन् । विकसित देशहरूमा मुटु तथा रक्तसञ्चार प्रणालीका रोगहरूपछि क्यान्सर रोगलाई दोस्रो प्राणघातक रोगको रूपमा लिइन्छ ।
विकसित मुलुकहरूमा यो रोगबाट कुल मृत्युको करिब १९ प्रतिशत मृत्यु भएको पाइन्छ भने अविकसित मुलुकमा करिब छ प्रतिशत मृत्यु यही रोगबाट हुनेगर्छ । प्रतिवर्ष संसारमा करिब ५० लाखभन्दा बढी व्यक्तिहरूको मृत्यु हुन्छ भने पाँच लाखभन्दा बढी व्यक्तिहरू क्यान्सर रोगबाटै मर्ने गर्छन् । यो रोगले महिलाहरूको पाठेघरको मुख, स्तनमा र पुरुषहरू तथा महिलाहरूका मुख तथा कण्ठमा बढी आक्रमण गरेको पाइन्छ ।
क्यान्सरको प्रकारहरू
स्तन क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्येको दोश्रो सबैभन्दा बढी हुने क्यान्सर हो भने पहिलो सबैभन्दा बढी हुने क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । नेपालमा क्यान्सरको वास्तविक तथ्याङ्क थाहा नभए पनि देशको प्रमुख अस्पतालको तथ्याङ्कले यो कुराको पुष्टि गर्छ । तर वर्तमान अवस्थामा जुन तीव्रताका साथ स्तन क्यान्सरको वृद्धिभै राखेको छ र त्यसअनुसार निकट भविष्यमा स्तन क्यान्सरले महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थान ओगट्ने सम्भावना देखिन्छ । आजको वर्तमान विश्वमा सबैभन्दा बढी अनुसन्धान भइराखेको क्यान्सर पनि स्तन क्यान्सर नै हो । जसअनुसार स्तन क्यान्सरलाई रोकथाम अथवा विभिन्न उपचार पद्धतिद्वारा निको पार्न सकिन्छ ।
अर्बुद रोग शरीरको कोष या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो फैलिन्छ र अन्ततः यो मृत्युको कारण नै बन्न पुग्छ । मानव शरीर अरबौं कोशिकाहरूबाट बनेको हुन्छ । सामान्यतः तिनीहरू उमेरसँगै स्वाभाविक र नियमति किसिमले बढ्छन् । जब शरीरमा प्रवेश गर्न सुरु गर्छ तब शरीरका कोशिकाहरू गुणात्मक संख्यामा अस्वाभाविक किसिमले बढ्छन् र एक किसिमको गिर्खा या ट्युमर बन्छ ।
सामान्यतः ट्युमर दुई किसिमका हुन्छन्– उग्र प्रवृत्तिको ट्युमर यो घातक र सरुवा प्रकृतिको ट्युमर हो । जबसम्म शल्यक्रिया या अन्य कुनै माध्यमले यसलाई हटाइँदैन । तबसम्म यो बढेर शरीरको अन्य भागमा फैलिरहन्छ । यही उग्र स्वभावको वृद्धिकै कारण यस ट्युमरलाई क्यान्सरको नाम दिइएको हो । यो नम्र प्रवृत्तिको ट्युमर हो । सामान्यतः यो हानिकारक हुँदैन र शरीरको अन्य भागमा पनि फैलिँदैन । प्रायः यो ट्युमर अर्बुद रोगमा परिणत हुँदैन । अहँ, यो त्यस्तो प्रकारको रोग होइन । किनकि यो कुनै जीवाणुका कारण हुँदैन । त्यसैले यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने प्रश्नै उठ्दैन । होइन तर यसका कोशिकाहरू भने रगतको माध्यमबाट शरीरको एक भागबाट अर्को भागमा फैलिन्छन् । यसका अलावा अर्बुद रोग शरीरका निश्चित तन्तुहरूमा विकसित हुन्छ, जो रगतकै कोशिकाहरूबाट बनेका हुन्छन् । सामान्यतः अर्बुद रोग तीन किसिमले फैलन्छ ।
अर्बुद रोगका कोशिकाहरू रक्तनलीहरूमा बढ्छन् र रगतकै माध्यमबाट शरीरका अन्य भागहरूमा फैलन्छन् । अर्बुद रोगका कोशिकाहरू शरीरका अङ्ग या तन्तुहरूबाट निस्कने एक किसिमको रंगहीन क्षारबाट प्रवेश गर्छन् । अर्बुद रोगका कोशिकाहरू सोझै शरीरका एक तन्तुबाट सँगैको अर्को तन्तुमा सरेर पनि बढ्छन् ।
अर्बुद रोग यही नै कारणले हुन्छ भनेर ठ्याक्कै भन्न गाह्रो छ । तर केही चिजहरू जसलाई कार्कीनोगेन्स भनिन्छ, जसले निश्चित पनि अर्बुद रोग हुने सम्भावना बढाउनमा भने मद्दत गर्छ । जस्तोकि जो मानिस धुम्रपान गर्छ या खैनी खान्छ, उसलाई मुख, घाँटी र फोक्सोको अर्बुद रोग हुने प्रबल सम्भावना रहन्छ । एउटा सामान्य सिद्धान्त के छ भने सिगरेट लिनेलाई भन्दा बिँडी लिनेलाई दुई गुणा बढी अर्बुद रोग हुन्छ । शरीरका तन्तुहरूमा निरन्तररूपमा दबाब बढ्यो भने पनि त्यस्ता तन्तुहरूमा अर्बुद रोग हुने सम्भावना रहन्छ । प्रदूषण तयारी खाना, धुवाँ एवं बासी खाना पनि अर्बुद रोगका सहायक कारण हुन सक्छन् । केही भाइरसहरूजस्तो किः ईबीभी, हेपाटाइटिस बी र एचभीएले पनि अर्बुद रोग बढाउनमा सहयोग पुर्याउँछन् । यीबाहेक अर्बुद रोग हुने अन्य परिचित कारणहरूमा एस्बस्टेस आर्सेनिक अलकत्रा, तार र अल्ट्रा–भ्वाइलेट किरण पनि प्रमुख हुन् ।
क्यान्सर विभिन्न थरीका विभिन्न तरिकाले लाग्ने गरेको छ । तर, ग्रामीण क्षेत्रमा अहिले पनि यसलाई रुढीवादी दृष्टिले हेर्ने गरिएको छ । कुष्ट रोगझैँ यसलाई पनि पूर्वजन्मको पापको उपजको रूपमा हेर्नु साँच्चिकै सञ्चारमाध्यमको पहुँच पूग्न नसक्नुलाई इशारा गरेको छ । सरकार पनि ग्रामीण क्षेत्रका बासिन्दालाई यसबारेमा जानकारी दिन नसक्नु र सुसूचित गर्न नसक्नुलाई अर्को कारक तत्वका रूपमा मान्न सक्छौँ । नेपालको समाजमा एउटा नराम्रो बानी देखिएको छ, त्यो के हो भने रोग लाग्नुअघि अर्थात् फैलिनुअघि सतर्कता र सुसुचित गरिने काम कुनै पक्षबाट नहुनु । जब रोगले महामारी लिन्छ । रोगको नाममा हजारौँ सोत्तर हुन्छ, तब मात्र हाम्रो दृष्टि खुल्छ । अनि मात्र खोज्छौँ सतर्कताको उपायहरू । यस्ता विषयमा राज्य पक्षसँगसँगै हामी अर्थात् सञ्चार जगत पनि चुकेका छौँ । यसैगरी हामी आफ्नो जिम्मेवारीबाट चुकिरह्यौँ भने पश्चिम नेपालको झाडापखाला मुलुकभरि फैलिन बेर छैन । जनतालाई सूचना पस्कने मात्र अभिभारा सञ्चार जगतको होइन । सञ्चार जगतको अभिभारा त स्वास्थ्य र शिक्षित समाजको निर्माण गर्नु पनि एक हो ।
क्यान्सर रोगको उपचार विधि धेरै छन्, क्यान्सर रोग लागेपछि, रोगको अंग, रोगको किसिम, रोगको अवस्था हेरी अप्रेसन, केमोथेरापी, रेडियोथेरापी, हर्मोनथेरापी, इम्युनोथेरापी आदिमध्ये कुनै एउटा वा एकभन्दा बढीको प्रयोग गर्नुपर्छ । शल्यक्रिया जसलाई साधारणतयाः चिरफार वा अप्रेसन भनिन्छ । यो एउटा क्यान्सरको सबैभन्दा पुरानो र भरपर्दो तरिका हो । क्यान्सरलाई धेरै प्रकारले विभाजित गरिन्छ । प्रायःजसो क्यान्सर डल्ला पर्ने खालको हुन्छ । जसको मुख्य उपचारको विधि–अप्रेसन नै हो । डल्ला नपर्ने क्यान्सरमा पनि अप्रेसनको उत्तिकै जरुरत पर्छ । शल्यक्रिया, क्यान्सरको रोकथाम, निदान, उपचार र प्यालिएटिभ केयर आदि विभिन्न अवस्थामा आवश्यक हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया