सिटिजन लाइफको मैतिदेवीमा स्थान्तरित शाखा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवीस्थित स्थान्तरित शाखाको सोमबार उद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलका साथै कम्पनीका केही विभाग प्रमुखहरू, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरलगायत केही सिटिजन लिडरहरू र स्थानीयहरूको पनि उपस्थिति रहेको थियो ।
नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरू र अभिकर्ताहरूले थप सहज र गुणस्तरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । समापनको अवसरमा कम्पनीका ब्रान्ड एम्बेस्डरद्वय श्रेष्ठ र आचार्यले कम्पनीले आजको मितिसम्म हासिल गरेको सफलतामा उनीहरूलाई गर्व रहेको भावना व्यक्त गरे । संस्थाले सधैँ आफूहरूलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध रहन पाउँदा खुसी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरूलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वरोजगार भएर जीवन निर्वाह गरेकोमा बधाई साथै शुभकामना व्यक्त गरे ।
कम्पनीले हाल प्रधान कार्यालय समेत गरी एक सय ३६ शाखा उपशाखा कार्यालयमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया