Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको एक करोड दुई लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको एक करोड दुई लाख सहयोग


काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख रुपैयाँभन्दा बढीको सहयोग गरेको छ । टेलिकमले भदौ १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारणले देशैभर भएको प्राकृतिक विपत्तिका पीडितहरूलाई राहतस्वरूप कोषमा सो रकम जम्मा गरेको हो ।

टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट बाढी, पहिरो तथा डुबान पीडितहरूलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा एक करोड दुई लाख ७० हजार दुई सय १४ रुपैयाँ जम्मा गरिएको टेलिकमले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा टेलिकमका प्रमुख अधिकृतहरूको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशन समेत दिएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x