भारतबाट छ महिनामा छ अर्ब डलरको आइफोन निर्यात
नयाँदिल्ली । भारतबाट आईफोन निर्यात बढेको छ । अप्रिलदेखि सेप्टेम्बरसम्म (छ महिना)मा भारतले छ अर्ब अमेरिकी डलर (लगभग ५०,४५४ करोड भारतीय रुपैयाँ) मूल्यको ‘मेड इन इन्डिया’ आइफोन निर्यात गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशत बढी हो ।
चालू आर्थिक वर्ष (२०२४–२५) सम्ममा निर्यातको आँकडा १० अर्ब डलर (करिब ८४ हजार ८६ करोड भारतीय रुपैयाँ) पुग्ने बताइएको छ ।
एप्पलले आइफोन उत्पादनमा चीनमाथिको निर्भरता घटाउन चाहेकाले भारतबाट निर्यात बढेको बताइएकाके छ । अमेरिका र चीनबीचको तनावका कारण आइफोन निर्माता एप्पलले चीनमाथिको आफ्नो निर्भरता घटाउने प्रयास गरिरहेको छ । यसका लागि कम्पनीले भारतमा आफ्नो म्यानुफ्याक्चरिङ नेटवर्कलाई द्रुत गतिमा विस्तार गरिरहेको छ । यसमा स्थानीय अनुदान, दक्ष जनशक्ति र भारतको प्राविधिक क्षमताले एप्पललाई धेरै सहयोग गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया