विद्युतीय सवारीसाधनमा ईयूको अतिरिक्त शुल्क स्वीकार्य छैन
बेइजिङ । चीनले आफ्नो देशमा निर्मित विद्युतीय कारमा युरोपेली संघ (इयू)ले लगएकोे नयाँ कर स्वीकार नगरेको स्पष्ट पारेको छ । बेइजिङको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले भने, ‘चीन यस निर्णयसँग सहमत छैन र स्वीकार गर्दैन र विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्रअन्तर्गत उजुरी दर्ता गरेको छ ।’
चीनले चिनियाँ कम्पनीहरूको वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न सबै आवश्यक उपायहरू लिने उनले बताए । बेइजिङको राज्य अनुदानले युरोपेली अटोमेकरहरूलाई अनुचित तरिकाले कमजोर बनाएको निष्कर्ष निकाल्दै युरोपेली संघले मंगलबार चीनमा निर्मित विद्युतीय कारहरूमा थप कर लगाउने निर्णय गरेको थियो । थप कर आगामी पाँच वर्षका लागि लगाइनेछ ।
टेस्लाजस्ता विदेशी समूहले चीनमा निर्माण गरेका सवारीसाधनमा पनि विभिन्न दरमा अतिरिक्त शुल्क लागू हुन्छ । नयाँ नीतिअनुसार चिनियाँ कार कम्पनी जिलीले १८ दशमलव ८० प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्नेछ भने एसएआईसीले सबैभन्दा बढी ३५ दशमलव ३० प्रतिशत कर तिर्नुपर्नेछ ।
चीनबाट विद्युतीय सवारीसाधनको आयातमा हाल कायम रहेको १० प्रतिशतभन्दा माथि कर लाग्नेछ । प्रवक्ताले भने, ‘चिनियाँ विद्युतीय सवारीसाधनमा ईयूको अनुदानविरोधी अनुसन्धानमा धेरै अनुचित र गैरअनुपालन पक्षहरू रहेको चीनले बारम्बार जोड दिँदै आएको छ र यसले संरक्षणवादी अभ्यासहरूको प्रतिनिधित्व गर्दछ ।
‘ईयूले व्यापार तनावको वृद्धिबाट बच्न रचनात्मक दृष्टिकोण अपनाउनेछ र दुवै पक्षलाई स्वीकार्य समाधानमा छिटो पुग्न चीनसँग सहकार्य गर्नेछ ।’ बेइजिङले चीनमा आयात हुने केही डेरी र सुँगुरको मासुजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे पनि अनुसन्धान सुरु गरेको छ । चीन र इर्यूबीचको व्यापार तनाव विद्युतीय कारहरूमा मात्र सीमित छैन । ब्रसेल्सले सौर्य प्यानल र हावाबाट चल्ने टर्बाइनहरूको लागि चिनियाँ अनुदानहरूको पनि अनुसन्धान गरिरहेको छ ।
चिनियाँ विद्युतीय कारमा भारी कर) लगाउने निर्णय ईयूसँगै क्यानडा र संयुक्त राज्य अमेरिकाले पनि गरेका छन् । क्यानडा र अमेरिकाले हालैका महिनाहरूमा चिनियाँ विद्युतीय कार आयातमा एक सय प्रतिशतको उच्च कर लगाएका छन् । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया