ग्लोबल एजुकेसनको पार्टनर्स मिट
काठमाडौं । ग्लोबल एजुकेसनले हालै राजधानीमा पार्टनर्स मिट आयोजना गरेको छ । नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने दिशामा सो मिट कोशेढुंगा सावित हुने आयोजकले जनाएको छ । कार्यक्रममा तीनभन्दा बढी शैक्षिक जगतका साझेदार, विज्ञ, बुद्धिजीवी र अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।
कार्यक्रममा ग्लोबल एजुकेसनका प्रमुख कार्यकारी अधिकृत डा विश्वजित राणाले नेपालको उच्च शिक्षा विकासलाई निरन्तर नयाँ उचाइ पुर्याउने आफ्नो दूरगामी सोच रहेको बताए । संस्थाले दुबई, माल्टा, फ्रान्स, जर्मनी, अमेरिका, अस्ट्रेलियालगायतका देशहरूमा नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा र रोजगारीका अवसरहरू प्रदान गरिरहेको छ । विश्वभरि रहेका १२ क्याम्पसहरूमा प्रदान गरिने शैक्षिक कार्यक्रमहरूबाट हालसम्म ६० हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएको उनले जानकारी दिए । कार्यक्रममा नेपालका उत्कृष्ट साझेदारहरूलाई सम्मान गरेको थियो ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया