सामसङ स्मार्ट प्लाजा महाराजगञ्जमा
काठमाडौं । हिम इलेक्ट्रोनिक्सले महाराजमञ्जमा सामसङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याएको छ । नयाँ सामसङ स्मार्ट प्लाजाको सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्तरूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाको पनि उपस्थिति थियो ।
अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउनका लागि सामसङले इन्स्टा फाइनान्समार्फत हुलास फिन सर्भसँगको सहकार्यमा फाइनान्स सुविधा उपलब्ध गराउँदै आएको छ । यो सेवा सामसङ प्लाजामा पनि लिन सकिन्छ । साथै, एक्सचेन्ज सुविधाले सजिलैसँग नयाँ उत्पादनमा अपग्रेड गर्न अवसर प्रदान गर्ने जनाइएको छ । हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले नयाँ सामसङ स्मार्ट प्लाजा थप हुनु कम्पनीको प्रगतिको प्रमाण मात्र नभई ग्राहकहरूलाई उन्नत प्रविधि नजिक ल्याउने प्रतिबद्धताको प्रतिक पनि भएको बताइन् । यो नयाँ सामसङ स्मार्ट प्लाजा नेपालमा हिम इलेक्ट्रोनिक्सअन्तर्गतको सामसङको १३औँ सोरुम हो । सामसङको उच्च गुणस्तर र नवीनतम प्रविधिको अनुभव गराउनका लागि डिजाइन गरिएको जीएसआई ४.०–अनुरूपको यस प्लाजाले सामसङका घरायसी उपकरणहरू, अडियो भिजुअल उपकरणहरू र नवीनतम स्मार्टफोनहरूको पहुँचलाई अझै नजिक ल्याएको कम्पनीले दाबी गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया