तिहारमा देशभरबाट जुवातास खेल्ने एक सय २९ जना पक्राउ
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने एक सय २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले देशभरबाट आइतबार र सोमबार मात्रै सो संख्यामा पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले जुवाखालबाट लाखौँ रूपैयाँ बरामद समेत गरेको छ । प्रहरीले राजधानी काठमाडांैबाट मात्रै आइतबार राति २० जनालाई पक्राउ गरेको थियो । काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटी रामनगर पाटी प्यालेस नजिक सूर्य भन्ने रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद छ लाख ६९ हजार आठ सय १० रूपैयाँ र नौ बुक तास समेत बरामद गरेको छ । यस्तै, नुवाकोटबाट कौडा खेल्ने पाँच जना पक्राउ परेका छन् । आइतबार राति बिदुर नगरपालिका–५ माथिल्लो पिपलटार ठूलोगाउँ बस्ने ३० वर्षीय विनोद कुमालको घरमा कौडा खेलिरहेको अवस्थामा विनोद समेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ९७ हजार नौ सय १० रूपैयाँ र कौडा १६ थान बरामद गरेको थियो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको होटल माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट एक जना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने ५० वर्षीय सुरज लालचन समेत १२ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद आठ लाख ५२ हजार आठ सय रूपैयाँ र आठ बुक ताससहित पक्राउ गरेको थियो । पाँचथरको फिदिम नगरपालिका–१ बस्ने ५६ वर्षीय खेमनाथ अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा अधिकारी समेत तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार पाँच सय ३० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबाग बस्ने सुभाष तारामी मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–४ बस्ने ४० वर्षीय पृतम शाक्य समेत १४ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ५४ हजार आठ सय २० रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो । नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–१५ बस्ने दानबहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१५ बस्ने ५१ वर्षीय खेम प्रसाद पाण्डेसमेत नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार चार सय पाँच रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने ४२ वर्षीय भैरब चन्दको रोयल फेम्ली रेस्टुरेन्ट एन्ड बारमा कौडा खेलिरहेको अवस्थामा चन्द समेत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार नौ सय ११ रूपैयाँसहित पक्राउ गरेको हो । यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–७ गौडी चोक बस्ने सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय मुकेश चौधरी समेत आठ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट मनहेराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार दुई सय रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुन बस्ने ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत २० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ९८ रूपैयाँ र तीन सय पत्ती ताससहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटस्थित यज्ञबहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार दुई सय १० रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–५ बढैयागाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–४ बस्ने २५ वर्षीय राजन थापा समेत आठ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय बाँसगढी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार एक सय २४ रूपैयाँ र नौ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया