Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र एएसजी आई केयर एन्ड हेल्थ सर्भिसेजबीच सम्झौता

नेपाल बैंक र एएसजी आई केयर एन्ड हेल्थ सर्भिसेजबीच सम्झौता


काठमाडौं । नेपाल बैंक लिमिटेड र एएसजी आई केयर एन्ड हेल्थ सर्भिसेज प्रालिबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ बानेश्वरमा रहेको एएसजी आई केयर एन्ड हेल्थ सर्भिसेज प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई क्लिनिकको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र एएसजी आई केयर एन्ड हेल्थ सर्भिसेज प्रालिको तर्फबाट बजारीकरण प्रबन्धक सञ्जीव कुमार ठाकुरले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने आई सर्जरी, मिनर इन्भेस्टिगेसन, अप्टिकल लेन्स, फ्रेम्स र उपचारजस्ता आँखासँग सम्बन्धित स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x