Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘पठाओ पोइन्ट्स’ र रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा

‘पठाओ पोइन्ट्स’ र रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा


काठमाडौं । पठाओले ग्राहकका लागि ‘पठाओ पोइन्ट्स’ र नेपालभर रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार गरेको छ । पठाओ पोइन्ट्स सुविधाबाट ग्राहकले पठाओका कुनै पनि सेवा प्रयोग गर्दा लाभस्वरूप पठाओ पोइन्ट्स प्राप्त गर्नेछन् ।

ग्राहकले पठाओको राइड, अर्डर र अन्य सेवामा गर्ने खर्चको दश प्रतिशत बराबर पोइन्ट्स पाउनेछन्, जसलाई विभिन्न पठाओ सेवा प्रयोग गर्दा रिडिम गर्न सकिने जनाइएको छ । पोइन्ट्स प्रयोग गर्न ग्राहकले पठाओ एपको होम पेजको ‘पोइन्ट्स’ ट्याबमा जानुपर्ने हुन्छ । त्यहाँ जम्मा भएका पोइन्ट्स हेर्न र रिडिम गर्न सकिनेछ । पोइन्ट्स रिडिम गरी पठाओका सेवामा छुट दिलाउने मात्र नभई, पठाओसँग आबद्ध रेस्टुरेन्ट, पार्टनर र अन्य व्यवसायमा पनि छुट पाउनेछन् । ग्राहकले क्युआर कोड स्क्यान गरी लाभ लिन सक्नेछन् ।

पठाओले ग्राहकका लागि फरक पोइन्ट्सअनुसार फरक स्तर पनि राखिएको छ । ब्रोन्ज, सिल्वर, गोल्ड, र प्लेटिनमस्तरमा विभाजित यी लाभकास्तरले ग्राहकको जम्मा पोइन्ट्सअनुसार छुट र सुविधामा वृद्धि गर्दै लैजानेछ । ग्राहकको स्तर जतिमाथि पुग्छ, उति नै विशेष लाभ पाउन सकिने यो योजनाबाट ग्राहकलाई थप आकर्षित गराउने लक्ष्य कम्पनीले राखेको छ ।

यस्तै, पठाओले काठमाडौं उपत्यकाबाहिर पनि रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार भएको छ । अब ग्राहकले आफ्नो सहरभित्र रहेका अन्य व्यक्तिलाई साना कुरियरजस्ता प्याकेज, डकुमेन्ट, गिफ्ट, घरायसी सामग्री र खरिद गरिएका सामान तुरुन्त पिकअपसहित पठाउन सक्नेछन् । यो सेवा विस्तारले पठाओको प्रभावकारी सेवा काठमाडौंबाहिरका सहरमा समेत पुर्याउनेछ । कम्पनीले सुपर एप बन्ने योजनाअनुसार ग्राहक सुविधालाई ध्यानमा राख्दै विभिन्न सेवा तथा सुविधा थप गरिरहेको पठाओ नेपालका निर्देशक सुरक्षा हमाले बताइन् । नयाँ योजनाले ग्राहकलाई थप लाभान्वित गर्नुका साथै नेपालमा डिजिटल सेवाको क्षेत्रमा नयाँ मापदण्ड कायम गर्ने कम्पनीले विश्वास लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x