एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु
काठमाडौं । थाई एयर एसियाले काठमाडौंमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ । यसअघि कुवेतको जजिरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक (नेपाल एयरलाइन्स)ले व्यावसायिक उडान सञ्चालन गरेका थिए । उक्त विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजिरा एयरले पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
यस्तै, युनाइटेड अरब इमिरेटस् (युएई)को राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुबई उडान गर्न लागेको हो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरूप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान सुरु गर्न लागेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडान विस्तार हँुदै गएको छ । विमानस्थललाई पूर्ण व्यावसायिक क्षमतामा सञ्चालन गर्न प्राधिकरण पनि लागिपरेको छ । सरकारको योजनाअनुरूप गौतमबुद्ध विमानस्थलमा बढीभन्दा बढी व्यावसायिक उडान सञ्चालन गर्न प्रयास जारी छ ।‘उडानहरू क्रमशः थपिँदै गएका छन् । गन्तव्यहरू बढिरेहका छन् । आगामी दिनमा यात्रुको माग र चापअनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान विस्तार गर्ने विश्वास लिएका छौँ’, प्रवक्ता पाण्डेले भने ।
राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते बुद्धपूर्णिमाको दिन उद्धाटन गरिएको थियो । उक्त विमानस्थलमा नेपाल एयरलाइन्सको वाइड वडी ए३३० विमानले परीक्षण उडान गरेको थियो । अघिल्लो वर्ष नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको थियो । उडान अनुमति नलिई यही कात्तिक ११ गते काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । भैरहवाबाट पनि उडान गर्ने सर्तमा प्राधिकरणले एयर एसियाको उडान फुकुवा गरेको थियो । उडान फुकुवाभएसँगै कम्पनीले यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौं र भैरहवामा एकसाथ उडान सञ्चालन गरेको हो । थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको गरेको थियो ।
थाई एयर एसियाले आइतबारदेखि भैरहवा र काठमाडौंमा एकसाथ उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार उक्त एयरलाइन्सले काठमाडौं गन्तव्यमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । यस्तै, भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ । प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्नेछ । थाई एयर एसियालाई काठमाडौं र भैरहवा दुवै गन्तव्यबाट उडान भर्ने सर्तसहित प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो । कम्पनीले अब काठमाडौंमा चार र भैरहवामा दुई वटा उडान भर्नेछ । भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वतः रद्द हुने अवस्थासहित उडान फुकुवा गरिएको प्राधिकरणले जनाएको छ । ‘एप्रुभल सेडुल’अनुसार कम्पनीले काठमाडौं र भैरहवा सँगै उडान गर्नुपर्नेछ ।
प्राधिकरणले कात्तिक ११ देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका बनाएको छ । नेपालमा तीन नेपालीसहित ३० हवाई सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु
- अधिकारी नास्टको आईसीटी उपसमिति सदस्य मनोनित
- बाल्ट्रा नेपालकोे कौशलटारमा नयाँ रिटेल आउटलेट
- ‘पठाओ पोइन्ट्स’ र रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा
- एभरेस्ट कलरले आईपीओ जारी गर्ने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता
- सिटिजन्स क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम
- एनआईएमबी एस क्यापिटलको ‘विश्व लगानीकर्ता सप्ताह २०२४’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया