क्यानडाको हिन्दु मन्दिरमा भएको हिंसाको भारतद्वारा निन्दा
नयाँदिल्ली । क्यानडाको टोरन्टो नजिकैको हिन्दु मन्दिरमा भएको हिंसात्मक झडपमा केहीले सिख कार्यकर्ताहरूलाई दोष लगाएपछि भारतले सोमबार क्यानाडालाई आफ्ना नागरिकहरूको रक्षा गर्न माग गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हिन्दु मन्दिरमा भएको आक्रमणको निन्दा गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘म क्यानडाको हिन्दु मन्दिरमा जानाजानी भएको आक्रमणको कडा निन्दा गर्दछु ।’
क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’का कार्यकर्ताहरू समावेश छन् । खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसंख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।
ओटावाले भारत सरकारले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको आरोप लगाएपछि भारत र क्यानाडाबीचको सम्बन्ध बिग्रिएको थियो ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसअघि टोरन्टोबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको ब्राम्पटनको हिन्दु मन्दिरमा आइतबार भएको हिंसा ‘अस्वीकार्य’ भएको बताएका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ओटावालाई भारतीय नागरिकहरूको सुरक्षाका लागि चिन्तित रहेको भन्दै पूजा स्थलहरूको सुरक्षा गर्न आह्वान गरे ।
‘हिन्दू सभा मन्दिरमा चरमपन्थी र पृथकतावादीहरूले गरेको हिंसाको हामी निन्दा गर्दछौँ’, जयसवालले विज्ञप्तिमा भनेका छन् । सामाजिक सञ्जालमा प्रसारित भिडियोमा पहेंँलो खालिस्तानको झण्डा बोकेका व्यक्तिहरू भारतीय झण्डा बोकेका व्यक्तिहरूसहित प्रतिद्वन्द्वी समूहसँग भिडन्त गरिरहेको देखिन्छ । त्यहाँ अलग–अलग मुक्कासहित झगडा पनि भएको भिडियोले देखाउँछ ।
‘हामी क्यानाडा सरकारलाई सबै पूजास्थलहरू यस्ता आक्रमणहरूबाट सुरक्षित भएको सुनिश्चित गर्न आह्वान गर्दछौँ’, जयसवालले भने, ‘हिंसामा संलग्नहरूलाई मुद्दा चलाइनेछ भन्ने पनि हामीले आशा गरेका छौँ । हामी क्यानाडामा भारतीय नागरिकहरूको सुरक्षाका बारेमा गहिरो चिन्तित छौँ ।’
निज्जरको हत्याबाहेक क्यानाडाले क्यानाडाको भूमिमा शिख कार्यकर्ताहरूलाई लक्षित गरी भारतले व्यापक अभियान चलाएको आरोप लगाएको छ । यसमा धम्की र हिंसा समावेश रहेको ओटावाले बताएको छ ।
क्यानाडेली प्रधानमन्त्री ट्रुडोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले क्यानाडाको सार्वभौमिकता उल्लङ्घन गरेको आरोप लगाएका छन् । भारतले यी आरोपहरूलाई अस्वीकार गरेको छ । नयाँदिल्लीले शनिबार गृहमन्त्री अमित शाहले क्यानाडाको भूमिमा शिख कार्यकर्ताहरूलाई लक्षित गर्ने षड्यन्त्र गरेको कुरा अस्वीकार गरेको थियो र ओटावालाई ‘अर्थहीन र आधारहीन’ आरोपमाथि आधिकारिकरूपमा झपारेको बताएको छ । यस महिनाको सुरुमा नयाँदिल्ली र ओटावाले एकअर्काका राजदूत र अन्य वरिष्ठ कूटनीतिज्ञहरूलाई निष्काशन गरेका थिए । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- क्यानडाको हिन्दु मन्दिरमा भएको हिंसाको भारतद्वारा निन्दा
- ह्यारिस र ट्रम्पको अमेरिकी चुनावी अभियानको अन्तिम दौड
- स्पेनका राजारानीमाथि नागरिकले माटो हाने
- इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
- एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु
- अधिकारी नास्टको आईसीटी उपसमिति सदस्य मनोनित
- बाल्ट्रा नेपालकोे कौशलटारमा नयाँ रिटेल आउटलेट
- ‘पठाओ पोइन्ट्स’ र रियल टाइम ‘पठाओ पार्सल’ डेलिभरी सेवा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया