Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारतिहारको लामो बिदा पछिको शेयरबजार

तिहारको लामो बिदा पछिको शेयरबजार

शुन्य दशमलव २१ अंकले खुम्चिदा चार अर्ब २० करोडको शेयर कारोबार


काठमाडौं । तिहारको लामोबिदा सकिएपश्चात आज मंगलबार पहिलो दिन खुलेको शेयर बजार सामान्य अंकले ओरालो लागेको छ । नेप्से परिसुचक आज शुन्य दशमलव २१ अंकले खुम्चिएर २६ सय ७७ दशमलव ४० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८२ अंकले खुम्चिएर चार सय ७७ दशमलव ९९ बिन्दुमा कायम भएको छ ।

धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ४७ हजार पाँच सय १५ पटक शेयर किनबेच भएको छ । जसबाट ९७ लाख १३ हजार सात सय ३० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २० करोड ५५ लाख पाँच हजार दुई सय ३७ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये आज बाणिज्य बैंक उपसमुहको सुचक १२ दशमलव ४० अंकले ओरालो लाग्दा बिकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहहरुको सुचक पनि ओरालो लागेका छन् । फाईनान्स उपसमुहको सुचक भने सात दशमलव १७ अंकले उकालो लाग्दा, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक पनि उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x