राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूको बैठकमा अर्थमन्त्री पौडेलले औषतभन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरूलाई काममा लगाउन निर्देशन दिएका हुन् । सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।
संविधान र राष्ट्रको हितलाई ध्यान दिई कानुनअनुसार करदातासँग राजस्व संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरूलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए । राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मीलगायत अन्तर निकायहरूबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिए । उनले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रक्रियागत सुधारका लागि नेतृत्वले साथ दिने बताए । अर्थमन्त्री पौडेलले सात खर्ब एक अर्ब आन्तरिक राजस्व उठाउनुपर्ने भन्दै लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताउँदै आएका छन् । यसका लागि उनले आन्तिर राजस्व विभागलाई लक्ष्य पूरा गर्न दबाब दिएका छन् । राजस्व संकलनको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रका आवाजलाई राम्ररी सुनिदिनु आवश्यक छ, सुनिदिनु होला । आवाधिक लक्ष्य छन्, ३१ दशमलव छ प्रतिशत लक्ष्य राखिएको छ । यो लक्ष्य पूरा गर्नका लागि समस्या के छ । सो समस्या समाधानका लागि हामी केन्द्रित हुनुपर्ने उनको भनाइ छ । सरकारले चालू आर्थिक वर्षका लागि राजस्व संकलनको लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राखेको छ । जसअनुरूप सरकारले आफनो लक्ष्य पूरा गर्नका लागि मासिक एक खर्ब १८ अर्ब २७ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गर्नुपर्ने हुन्छ ।
सरकारले कर शीर्षकमा १२ खर्ब ८४ अर्ब २० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । कर शीर्षक अन्तर्गत मूल्य अभिवृद्धि कर, अन्तः शुल्क भन्सार महसुल, व्यवसाय, पारिश्रमिक, सम्पत्ति, पूर्वाधारलगायतका शीर्षकमा राजस्व संकलन गरिन्छ । मन्त्रालयका अनुसार राजस्व संकलनको क्रममा आय, मुनाफा तथा पुँजीगत लाभमा लाग्ने करबापत तीन खर्ब ७९ अर्ब रुपैयाँ, एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने करबापत एक खर्ब २१ अर्ब ७९ करोड रुपैयाँ, लगानीको आय तथा अन्य आयमा लाग्ने करबापत ५५ अर्ब ६४ करोड रुपैयाँ, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबापत ११ अर्ब १८ करोड रुपैयाँ, सम्पत्ति करबापत २१ लाख रुपैयाँ, अचल सम्पत्तिमा लाग्ने करबापत २१ लाख रुपैयाँ र व्यक्तिगत सम्पत्तिमा लाग्ने वार्षिक करबापत २१ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।
गैरकर शीर्षकमा (अन्य राजस्व) भने एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख रुपैयाँको लक्ष्य राखिएको छ । गैरकर शीर्षकअन्तर्गत सम्पत्ति कर, भाडा तथा रोयल्टी, अन्तशुल्कमार्फत वस्तु तथा सेवा बिक्रीबाट, प्रशासनिक सेवा र अन्य प्रशासनिक दस्तुरहरूमार्फत् सरकारले राजस्व संकलन गर्छ ।
गैरकर शीर्षकमा सम्पत्तिबाट प्राप्त आयबापत ७८ अर्ब ८७ करोड २१ लाख रुपैयाँँ, व्याजबाट प्राप्ति आम्दानीबापत १४ अर्ब २१ करोड ४९ लाख रुपैयाँँ, लाभाशबाट प्राप्त आयवापत् ४९ अर्ब ६० करोड ५५ लाख रुपैयाँँ, भाडा तथा रोयल्टीबापत १४ अर्ब २४ करोड ५५ लाख रुपैयाँँ, अन्य शुल्कमार्फत ८० करोड ६१ लाख रुपैयाँँ, वस्तु तथा सेवा बिक्रीबाट ४३ अर्ब ८५ करोड नौ लाख रुपैयाँँ, प्रशासनिक सेवा शुल्क २९ अर्ब ९७ करोड ४० लाख रुपैयाँँ, अन्य प्रशासनिक दस्तुहरूबापत एक अर्ब ७६ करोड २० लाख रुपैयाँँ, अन्य प्रशासनिक सेवा शुल्कबापत एक अर्ब ३२ करोड २८ लाख रुपैयाँ र दण्ड, जरिवाना र जफतबापत चार अर्ब ६० करोड ८६ लाख रुपैयाँँ संकलन गर्ने लक्ष्य राखिएको छ । बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशकलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- सिप्रदीले हस्तान्तरण गर्यो टाटा एलपीओ१६२२-६२
- अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
- उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
- टीभीएसको बाइक खरिदमा उतीम लाल साहले जिते नगद १० लाख
- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- गुह्येश्वरी मर्चेन्ट फाइनान्सको नाफा ऋणात्मक
- समद्धि फाइनान्सको नाफा ऋणात्मक
- लुम्बिनी विकास बैंकको नाफा २० करोड १९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया