भित्रिए करिब साढे नौ लाख विदेशी पर्यटक
काठमाडौं । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कुल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आए । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले बढी हो ।
सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । कोभिड–१९ (कोरोना महामारी)पूर्व अर्थात् सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको संख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । ‘समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा आशातित पर्यटक आउन सकेनन्, किनकि महिनाको सुरुआतमै अविरल वर्षाले विपद्जन्य घटना भयो । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।’
बोर्डको अनुसार अगस्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार तीन सय १३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगस्टमा २५ हजार आठ सय ३२ भारतीय पर्यटक आएका थिए ।
अक्टोबरमा चीनबाट आएका सात हजार सात सय ५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा आठ हजार ४२ र अगस्टमा चीनबाट छ हजार छ सय १४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ ।
अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको संख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर कुल १६ हजार २३ पुगेको बोर्डले जनाएको छ । बोर्डका अनुसार सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् ।
अस्ट्रेलियाबाट छ हजार नौ सय २९, जर्मनीबाट छ हजार १८ र फ्रान्सबाट पाँच हजार चार सय ८५ पर्यटक आएका छन । बंगलादेशबाट चार हजार चार सय ७६, श्रीलङ्काबाट तीन हजार एक सय १२ र इटालीबाट दुई हजार छ सय ३५ पर्यटक आएका छन् ।
मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एकसय ६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३ अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आए ।
सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।
क्याटेगोरी : पर्यटन उधोग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
- लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा
- इजरायलका लागि राजदूतमा धनप्रसाद पण्डित नियुक्त
- सामा–चकेवा: दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
- रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा
- प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
- आशामै बित्यो पीडितको एक महिना
- पुन: एक दशमलव ८८ बिन्दुले ओर्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया