‘बाढी प्रकोपबाट हुने जोखिम न्यूनीकरणबारे सचेतना फैलाउन आवश्यक छ’
काठमाडौं । बाढी र त्यसबाट हुन सक्ने विनासबारे पहिल्यै कसरी थाहा पाउन सकिन्छ भन्ने सम्बन्धमा सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित विपत् व्यवस्थापनसम्बन्धी एक कार्यक्रमका वक्ताहरूले बाढी, पहिरोलगायतका विपत्बाट जोगिन गरिनुपर्ने पूर्वतयारी र घट्ना घटेपछि कसरी सुरक्षित रहने भन्नेबारेमा व्यापक शिक्षा फैलाउनुपर्नेमा जोड दिएका हुन् ।
पार्टी प्यालेस व्यवसायीहरूको छाता संगठन ‘इभा नेपाल’को सहकार्यमा ‘नेपाल इमर्जेन्सी सेल्टर एन्ड डिजास्टर प्रिभेन्सन एजुकेसनल एड’ (नेपा)ले आयोजना गरेको कार्यक्रममा जापानको ओसाका मेट्रोपोलिसन विश्वविद्यालय र नेपालको स्कुल अफ सेल्टर एन्ड इन्भायरोमेन्टका प्रतिनिधिले जापान र नेपालमा यसअघि भएका बाढी तथा अन्य विपत् प्रकोप र त्यसको व्यवस्थापनमा भएका प्रयासबारे प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रमका संयोजनकर्ता एवं जापानमा बसेर काम गर्दै आएका आर्किटेक दिनेश श्रेष्ठले नेपालमा ठूलाठूला बाढी आउने तर त्यसबाट बच्न गरिने पूर्वतयारीको बारेमा कसैलाई पनि थाहा नभएकाले इभा नेपालसँगको सहकार्यमा यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए । उनले नेपालमा बाढी प्रकोपबाट बच्न घर निर्माण गर्दा नै ध्यान दिनुपर्ने र त्यसका लागि थप जानकारी प्रदान गरिनुपर्नेमा जोड दिए । श्रेष्ठले जापानबाट आएको टोलीले जाजरकोट भूकम्पबाट भएको क्षतिको अवलोकन गर्न नोभेम्बर सात देखि नौसम्म जाजरकोटका विभिन्न स्थानको भ्रमण गर्ने जानकारी पनि गराए ।
कार्यक्रममा स्कुल अफ सेल्टर एन्ड इन्भायरोमेन्टका निर्देशक सुनिता जिसीले नेपालमा हालसम्म भएका विपत् र त्यसपछिको सहयोग कार्यको बारेमा प्रस्तुति दिइन् । उनले विपद्बाट भएका क्षतिको बारेमा पनि जानकारी गराइन् । जापानको ओसाका मेट्रोपोलिसन विश्वविद्यालयका प्राध्यापक इकुता इसुकेले जापानमा विपत्पूर्व अपनाइने रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयास र विपत्पछिको उद्धारका लागि गरिने कार्यबारे जानकारी गराए । उनले जलवायु परिवर्तनको कारण वर्षा बढी हुने गरेको र यसबाट बाढी तथा पहिरोका घट्ना बढ्दै गएको बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्राले जापानबाट नेपालमा आएर विपत्बारे सचेतना कार्यक्रम हुनु र यहाँको विपत् प्रभावित क्षेत्रको अवलोकन भई सहयोग हुनु राम्रो काम भएको बताए । वरिष्ठ उपाध्यक्ष मलहोत्राले जापानको विश्वविद्यालयबाट आएको टोलीसँग नेपाल चेम्बर अफ कमर्सले पनि कार्यक्रम गर्ने र नेपाल सरकारसँग समेत सहकार्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पार्टी प्यालेस व्यवसायीहरूले विपत्बारे तालिम लिनु र नेपालबाट जापानमा सहयोग पुर्याउनु सह्रानीय कार्य भएको बताए । प्रवक्ता मानन्धरले स्थानीय तहले कुनै पनि विपत्का बेला तत्काल राहत तथा उद्दार कार्य गर्न प्रत्येक वडामा छुट्टै डिजास्टर रेस्पोन्स टिम बनाइ काम गरिरहेको बताए । जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले जाजरकोट भूकम्पपछि पुननिर्माण कार्य धिमा गतिमा भएको भन्दै गुनासो व्यक्त गरे । उनले विपत् व्यवस्थापनका लागि भेरी नगरपालिकालाई जापानको विज्ञता प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको पनि उपस्थिति थियो । कार्यक्रमको सभापतित्व पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ (इभा नेपाल)का अध्यक्ष उत्तम प्रकाश शर्माले गरेका थिए । यस्तै, कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष तेविन्द्ररत्न शाक्यले गरेका थिए । कार्यक्रममा विपद् व्यवस्थापनबारे जापानमा पुगेर तालिम लिएका पार्टीप्यालेस व्यवसायी र जापानको भूकम्पबाट भएको क्षति न्यूनीकरणका लागि सहयोग प्रदान गर्ने स्थानीय तह, संघसंस्था र व्यवसायीहरूलाई कदरपत्र प्रदान गरिएको इभा नेपालका सल्लाहकार कृष्णप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेले देशमा कुनै पनि बेला आउन सक्ने बाढी, पहिरो र भूकम्पजस्ता प्रकोपमा इभा नेपालले सहयोग गर्ने प्रतिबद्धता गर्दै आएको जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
- लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा
- इजरायलका लागि राजदूतमा धनप्रसाद पण्डित नियुक्त
- सामा–चकेवा: दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
- रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा
- प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
- आशामै बित्यो पीडितको एक महिना
- पुन: एक दशमलव ८८ बिन्दुले ओर्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया