Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईसीएफसी फाइनान्सको नाफा ६ करोड ८८ लाख

आईसीएफसी फाइनान्सको नाफा ६ करोड ८८ लाख


काठमाडौं । आईसीएफसी फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ८८ लाख छ सय ८४ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ९३ लाख ७७ हजार एक सय १८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख ७० हजार नौ सय ६० रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा १८ अर्ब ४२ करोड ६९ लाख २६ हजार आठ सय ३९ रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ७३ करोड ३१ लाख ५६ हजार ६५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा १४ करोड ३२ लाख ६३ हजार दुई सय ९१ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले १८ अर्ब ५१ करोड सात लाख ३३ हजार चार सय ९२ रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब २६ करोड ६४ लाख ९४ हजार सात सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ६८ लाख ६६ हजार चार सय ३६ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x