Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुह्येश्वरी मर्चेन्ट फाइनान्सको नाफा ऋणात्मक

गुह्येश्वरी मर्चेन्ट फाइनान्सको नाफा ऋणात्मक


काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैकिङ एन्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड ३३ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा पाँच करोड ३९ लाख ८० हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब एक करोड २१ लाख ७६ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा आठ अर्ब ३१ करोड ३२ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २७ करोड ९२ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड नौ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले आठ अर्ब १५ करोड ७० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६८ करोड ६९ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ९७ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x