Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता


काठमाडौं । ११.११ अभियानका लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता भएको छ । मंगलबार बैंक र प्रालिबीच बैंकका कार्डवाहक ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । बैंकका अनुसार यो योजना नोभेम्बर ११ (कात्तिक २६ गते) देखि लागू हुनेछ ।

सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले हाल देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरू बाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x