आयरल्यान्डद्वारा पहिलो पटक प्यालेस्टिनी राजदूतको नियुक्ति स्वीकार
डबलिन । यस वर्ष डबलिनले प्यालेस्टिनी राज्यको औपचारिक मान्यता प्रदान गरेपछि आयरल्यान्डले मंगलबार पहिलो पटक पूर्ण प्यालेस्टिनी राजदूतको नियुक्ति स्वीकार गरेको छ । वरिष्ठ मन्त्रीहरूले जिलान वहबा अब्दालमाजिदले आफ्नो हालको स्थिति प्यालेस्टिनी मिसन प्रमुखबाट प्यालेस्टिनी राजदूतमा बढुवा हुने पुष्टि गरेका छन् ।
मे महिनामा डबलिनले गाजा र पश्चिम किनारालाई समेट्ने ‘एक स्वतन्त्र र स्वायत राज्य’ का रूपमा प्यालेस्टिनको मान्यता प्रदान गर्ने र पूर्ण राजनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको थियो ।
स्पेन र नर्वेले आयरल्यान्डसँगै त्यही दिन प्यालेस्टिनी राज्यको मान्यता दिएका थिए भने स्लोभेनियाले एक हप्तापछि मान्यता दिएको थियो । उक्त कदमले इजरायलबाट प्रतिक्रियात्मक कदम लिएको थियो ।
सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा भएका आक्रमणहरूपश्चात् क्षेत्रभर बढेको हिंसाका कारण, आयरल्यान्ड र नर्वे प्यालेस्टिनको ठोस समर्थक रहे । सेप्टेम्बर महिनामा प्यालेस्टिन र आयरल्यान्डबीच औपचारिक राजनीतिक सम्बन्ध स्थापित भएको थियो ।
गत महिनामा प्यालेस्टिनी प्राधिकरणले सन् १९६१ को भियना महासन्धिअन्तर्गत प्यालेस्टिनी दूतावास स्थापना गर्ने लक्ष्यको नोटिस डबलिनलाई दिएको थियो । यो अपग्रेडले मिसनलाई भियना महासन्धिअन्तर्गत लागू हुने पूर्ण विशेषाधिकार र छुट हासिल हुनेछ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- मानव तस्करीमा जापानबाट डिपोर्ट भएपछि मन्त्री अधिकारीले राजीनामा दिएको खुलासा !
- मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
- लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा
- इजरायलका लागि राजदूतमा धनप्रसाद पण्डित नियुक्त
- सामा–चकेवा: दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
- रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा
- प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
- आशामै बित्यो पीडितको एक महिना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया