Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविदेशी लगानीका कम्पनीहरूका लागि थप लचिलो बन्दै चीन

विदेशी लगानीका कम्पनीहरूका लागि थप लचिलो बन्दै चीन


बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीनले अन्तर्राष्ट्रिय वातावरणमा जतिसुकै परिवर्तन भए पनि बाहिरी संसारकालागि चिनियाँ ढोका फराकिलो पारिएको बताएका छन् । सातौं चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपोमा खरिदकर्ताहरूसँगको भेटमा प्रधानमन्त्री लीले यस्तो बताएका हुन् ।

उनले वैदेशिक लगानीमा सञ्चालित उद्योगहरू चिनियाँ बजारप्रति आशावादी रहेको बताउँदै आफूले थप लगानी भित्र्याउने गरी काम गर्ने बताए । सुस्त विश्वव्यापी आर्थिक सुधारको बाबजुद चीनको समग्र आर्थिक परिचालन सामान्यतया स्थिर रहेको र प्रगति भइरहेको उनले बताए । उनले चिनियाँ बजार अझै पनि विश्वव्यापी उद्यमहरूको लागि उत्तम विकल्पमध्ये एक भएकाके बताए ।

चीनले बजार पुहुँचलाई सहज बनाउने र दूरसञ्चार, शिक्षा, संस्कृति र चिकित्सा सेवा जस्ता क्षेत्रहरूमा खुलापनको व्यवस्थित विस्तारलाई निरन्तरता दिने प्रधानमन्त्री लीले बताए । उनले विदेशी उद्यमहरूको निर्यात गन्तव्यमात्र नभई लगानी र उद्यमशीलताको भूमि बन्ने विश्वास व्यक्त गरे र चीन र विश्व बजारबीचको घनिष्ठ सम्बन्धलाई सहज बनाइने घोषणा गरे ।

उनले चिनियाँ र विदेशी उद्यमीहरूको आर्थिक भूमण्डलीकरणलाई दृढताका साथ समर्थन जारी राख्ने, प्राविधि विकास र औद्योगिक स्तर वृद्धिलाई प्रवद्र्धन गर्ने र विश्व अर्थतन्त्रको वृद्धिलाई प्रोत्साहन गरिने बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x