इन्डियन आयलको नाफा करिब चार गुणा बढ्यो
नयाँदिल्ली । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आर्थिक वर्ष २०२४/२५ को दोस्रो त्रैमास (जुलाई–सेप्टेम्बर) मा २० अर्ब १६ करोड भारु खुद नाफा कमाएको छ । जुन नाफा वार्षिक आधारमा तीन दशमलव आठ गुणा बढी हो । कर्पोरेसनले अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब २० करोड भारतीय रुपैयाँ नाफा कमाएको थियो ।
नतिजासँगै इन्डियन आयलको सञ्चालक समितिले सेयरधनीलाई प्रतिसेयर तीन रुपैयाँका दरले अन्तरिम लाभांश दिने निर्णय पनि गरेको छ ।
यो नतिजासँगै इन्डियन आयलको सेयर मूल्य चार दशमलव ८१ प्रतिशत बढेर चार सय ९५ भारतीय रुपैयाँ पुगेको छ । कर्पोरेसनको सेयर मूल्य यस वर्षको जनवरी १ देखि हालसम्म ९६ प्रतिशतभन्दा धेरै बढेको छ । कम्पनीको बजार पुँजीकरण ८० दशमलव ५६ हजार करोड भारतीय रुपैयाँ पुगेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया