सामा–चकेवा: दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
महेन्द्रनगर (धनुषा) । सामा–चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको पाँचौंँ दिन अर्थात् खडना (पञ्चमी) को रातदेखि कात्तिक पूर्णिमाको रातसम्म मनाउँछन् । यो पर्वको धार्मिक महत्वसहित यसमा मिथिला संस्कृति, परम्परा र समाजको भावना झल्किन्छ ।
मिथिलाञ्चल क्षेत्रसहित जनकपुरमा बोलीचालीमा ‘सामा’ को अर्थ रमाइलो भन्ने हुन्छ । दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धि र दीर्घायुको कामना गर्दै सामा खेल्छन् । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम दर्शाउने यो पर्व करिब पाँच हजार वर्ष पहिले द्वापरयुगदेखि सुरु भएको मिथिला संस्कृतिका जानकार डा. राजेन्द्र विमलले बताए ।
सामा–चकेवाको कथा
सामा–चकेवा पर्वसँग जोडिएको पुरानो कथा महाभारत युगको हो । भगवान् श्रीकृष्णकी छोरी सामा अति रूपवती र धर्मपरायण थिइन् । उनको भाइ चकेवाले सामासँग अत्यन्त माया गर्थे । सामा आफ्नो परिवारसँग सुखद जीवन बिताइरहेकी थिइन् । चुगला नामको एक षड्यन्त्रकारीले सामाविरुद्ध श्रीकृष्णलाई गलत आरोप लगाई कृष्णको ध्यान आफूतिर तान्न खोज्यो । सामामाथि गलत आचरणको आरोपपछि सामालाई चरा हुने कठोर श्राप दिइयो । यो घटनाले चकेवालाई दुःखी बनायो र उनले बहिनी सामालाई मुक्त गराउन समर्पण, प्रार्थना र अथक प्रयासले श्रीकृष्णको मन पगाल्यो र सामालाई श्रापमुक्त गरी पुनः मानव स्वरुप दिए । यसरी सामा श्रापमुक्त हुनुको कारण भाइको प्रेम थियो”, मधेस प्रदेशका नीति आयोगका पूर्वउपाध्यक्ष एवं संस्कृत विद् भोगेन्द्र झाले भने ।
सामा–चकेवा पर्वको विधि र परम्परा
यो पर्वमा मिथिलाका युवतीले सामा–चकेवा बनाउने परम्परा छ । माटोको सामा, चकेवा, वृन्दावन, चुगलालगायतका मूर्ति बनाई ती मूर्तिलाई सिङ्गारेर, वस्त्रआभूषणले सजाइन्छ र प्रत्येक दिन गीतको माध्यमबाट पूजा गरिन्छ ।
यस पर्वको सुरुमा युवती माटोको मूर्तिलाई दिनदिनै नयाँ कपडा र गहनाले सजाउँछन् । साँझमा सामा–चकेवासम्बन्धी गीत गाउँदै बाहिर तोकिएको ठाउँमा गोलाकार बसेर सामा खेल खेल्ने परम्परा रहेका संस्कृत विद् झाले बताए । उनका अनुसार चकेवाको सजीवतालाई भाइको प्रेमका रुपमा लिइन्छ । सामा खेलमा चुगला पात्रलाई आलोचना गरिन्छ र अन्त्यमा यसको विसर्जन गरिन्छ । यसले दुष्टको अन्त्य र भाइबहिनीबीचको प्रेम विजय भएको प्रतीक मानिने उनले उल्लेख गरे ।
कार्तिक पूर्णिमाका दिन सामा–चकेवाको विसर्जन गरिने भएकाले यस दिनलाई सामा–चकेवा पर्वको अन्तिम दिन मानिन्छ । यो दिन सम्पूर्ण गाउँका युवती नयाँ वस्त्र लगाई सजिएर सामा र चकेवाको विसर्जनमा जान्छन् । यस अवसरमा सामा र चकेवाको कथा र गीत गाएर भाइबहिनीको प्रेमलाई गाढा बनाउने जनविश्वास रहेको संस्कृत विद् झाले बताए ।
क्याटेगोरी : कला / संस्कृति, बिबिध, मधेश प्रदेश
ताजा अपडेट
- मानव तस्करीमा जापानबाट डिपोर्ट भएपछि मन्त्री अधिकारीले राजीनामा दिएको खुलासा !
- मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ
- लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा
- इजरायलका लागि राजदूतमा धनप्रसाद पण्डित नियुक्त
- सामा–चकेवा: दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव
- रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा
- प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
- आशामै बित्यो पीडितको एक महिना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया