Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा

लेखा समितिका सभापति जोडिएको सहकारीमा प्रहरीको छापा


विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाम जोडिएको मोरङको धनपालथान ४ स्थित कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थामा प्रहरीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

यो सहकारीमा पोखरेल पत्नी कोइराला सञ्चालक रहदा वचतकर्ता र विभिन्न लघुवित्तको करोडो रुपैयाँ अनियमितता भएको आरोप छ ।

सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई पठाएको पत्रमा भने सांसद पोखरेल पत्नीको नाम हटाएर पठाइए पछि यो विषयले चर्चा पाएको थियो । वर्तमान सञ्चालक समितिको नाम मात्रै समावेश गरेर रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि प्रहरीलाई पत्र पठाएको हो । २०६८ सालमा स्थापना भएको यो सहकारीमा सांसद पत्नी कोइराला दुई कार्यकाल सञ्चालक थिइन् । सांसद पत्नी कोइराला सञ्चालक रहेको कागजात पनि रजिस्ट्रार कार्यालयबाट गायब छ ।

 


क्याटेगोरी : बैंक बित्त बजार, समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x