Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी


वासिङ्टन डिसी,अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ट्रम्पले ५० राज्यका पाँच सय ३८ मध्ये दुई सय ७७ सिट पाएका छन । राष्ट्रपतिमा निर्वाचित हुनका लागि दुई सय ७० सिट आवश्यक थियो । डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसले दुई सय २४ इलेक्टोरल मत प्राप्त गरेकी छिन् ।

ट्रम्प पहिलो पटक २०१६ मा राष्ट्रपति बनेका थिए । त्यसपछि सन् २०२० मा जो बाइडेनसँग हार बेहोरे । पछिल्लो नतिजापछि ट्रम्प दोस्रो विश्वयुद्धपछि चार वर्षको अन्तरालमा पुनः राष्ट्रपति हुने पहिलो राजनीतिज्ञ बनेका छन् ।

यस्तै, ट्रम्प अमेरिकी इतिहासमा दुई पटक राष्ट्रपति चुनावमा महिला उम्मेदवारलाई पराजित गर्ने पहिलो नेता हुन् । अमेरिकामा यो सन् २०१६ र २०२४ मा दुई पटक मात्र भएको छ जब त्यहाँ महिला राष्ट्रपतिको उम्मेदवार बनिन् ।

संसद्को दुवै सदनमा ट्रमको पार्टीलाई बहुमत
ट्रम्पको पार्टी रिपब्लिकनले संसद्को माथिल्लो सदन सिनेटमा पनि बहुमत सिट जितेको छ । सिनेटमा एक सय सिटमध्ये प्रत्येक राज्यको दुई सिटको साझा छ । यसको एक तिहाइका लागि प्रत्येक दुई वर्षमा चुनाव हुन्छ । यस पटक ३४ सिटका लागि चुनाव भएको थियो । पछिल्लो नतिजासँगै रिपब्लिकन पार्टीले ५२ सिट जितेको छ । यसअघि ४९ सिट मात्रै थियो ।

तल्लो सदनमा हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि चुनाव भएको छ । तल्लो सदनका लागि प्रत्येक दुई वर्षमा चार सय ३५ सिटका लागि निर्वाचन हुन्छ । बहुमतका लागि दुई सय १८ सिट आवश्यक छ । बुधबार साँझसम्म रिपब्लिकन पार्टीले एक सय ९७ सिट र डेमोक्रेटिक पार्टीले एक सय ७७ जित हासिल गरेको छ । अन्य सिटमा लिएको अग्रताको आधारमा ट्रम्पको पार्टीलाई तल्लो सदनमा पनि बहुमत पुग्ने निश्चित छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x