बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले तान्यो एक खर्ब
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ तानेको छ । निक्षेप बढिरहेको समयमा कर्जाको माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिँदै गएको छ । बैंकहरूसँग अहिले करिब सात खर्ब रुपैयाँ लगानीयोग्य पैसा छ ।
बुधबार तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप सङ्कलन बोलकबोलमार्फत एक खर्ब रुपैयाँ तान्न आवेदन माग गरेपछि बैंकहरूले दुई खर्ब सात अर्ब १० करोड रुपैयाँ निक्षेप राख्न निवेदन दिएका थिए । राष्ट्र बैंकले निवेदन दिएका २५ वटा बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो । बैंकहरूले न्यूनतम दुई दशमलव सात दुई प्रतिशत र अधिकतम दुई दशमलव नौ पाँच प्रतिशतसम्म व्याज माग गर्दै निक्षेप राख्न बोलकबोल पेस गरेका थिए ।
राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गरेको हो । ब्याजदर भने बहुब्याजदरका आधारमा बोलकबोल माध्यमबाट निर्धारण गरिएको थियो । निक्षेप सङ्कलनका लागि बैंकहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम सम्म निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- टेलिकमद्वारा कर्पोरेट ग्राहकको लागि मल्टीपल टीभी जडान गर्ने व्यवस्था सुरु
- तिहारमा ५० करोडको फूल बिक्री
- ‘हनी ट्रयाप’ प्रकरणमा एसपीको पनि शंकास्पद संलग्नता देखिएको पछि (सीआईबी)ले अनुसन्धान गर्ने
- ग्लोबल आइएमईका ग्राहकलाई यति एयरको टिकटमा क्यासब्याक
- कामना सेवा विकास बैंकको पहिलो त्रैमासिक नाफा १७ करोड ४९ लाख
- सेन्ट्रल फाइनान्सको पहिलो त्रैमासिक नाफा चार करोड ९५ लाख
- जानकी फाइनान्सको त्रैमासिक नाफा छ करोड ९० लाख
- नेपाल फाइनान्स घाटामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया