तीन प्रतिशत बढ्यो बीमा कम्पनीहरूको व्यापार
२८ कम्पनीले उठाए ५२ अर्ब ८७ करोड बीमाशुल्क
काठमाडौं । बीमा कम्पनीहरूले सङ्कलन गरेको बीमाशुल्क रकम बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको तीन महिना (साउनदेखि असोज) मा १४ वटा निर्जीवन बीमा र १४ वटा जीवन कम्पनीहरूले कुल ५२ अर्ब ८७ करोड ५१ लाख चार हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव १५ प्रतिशत बढी हो । गत वर्ष साउनदेखि असोजसम्म बीमा कम्पनीहरूले ५१ अर्ब २५ करोड ९४ लाख २८ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।
यस आर्थिक वर्षको पहिलो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीहरूले ४१ अर्ब ३० करोड १४ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव २२ प्रतिशत बढी हो । गतवर्ष पहिलो त्रैमासमा ४० अर्ब ८० करोड ४६ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।
निर्जीवन बीमा कम्पनीहरूले यस वर्ष पहिलो त्रैमासमा ११ अर्ब ५७ करोड ३६ लाख २२ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७० प्रतिशत बढी हो । गत वर्ष सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको १० अर्ब ४५ करोड ५७ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।
यस वर्ष पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको बीमालेखको संख्या बढेको छ भने जीवन बीमा कम्पनीहरूको घटेको छ । जीवन बीमा कम्पनीहरूको सक्रिय बीमालेखको संख्या एक करोड ३७ लाख ६६ हजार चार सय ४८ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ७३ प्रतिशतले कम हो । गत वर्ष पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको सक्रिय बीमालेख संख्या एक करोड ३८ लाख ६७ हजार पाँच सय ८१ थियो । गत असोज मसान्तसम्म निर्जीवन बीमालेखको संख्या सात लाख ३७ हजार नौ सय ३० छ । जुन एक वर्षअघिको तुलनामा सात दशमलव आठ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेखको संख्या छ लाख ८४ हजार चार सय ३६ थियो ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्म बीमाको दायरामा आएको जनसंख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४२ दशमलव ८४ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ५८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या ४३ दशमलव ४२ प्रतिशत थियो ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया