नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा सुनचाँदी पसलका सञ्चालक पक्राउ
विराटनगर । चाँदीको जस्तो देखिने नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक भक्तपुर नगरपालिका–७ बस्ने ३० वर्षीय सोहिल शाक्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र ५ सय दरका नोटजस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबार समेत भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको पसलबाट सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नेपाली एक हजार दरका एक सय १३ थान र पाँच सय दरका २८ थान नक्कली नोटहरू फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 8
ताजा अपडेट
- जर्मनीमा असमानता र गरिबीको जोखिम
- हिजबुल्लाहद्वारा इजरायली विमानस्थलमा रकेट प्रहार
- महाकुम्भ सन् २०२५ मा एआईको प्रयोग हुने
- अठार करोड लागतमा अस्पताल निर्माण गरिंदै
- हवाई भाडामा कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण
- मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी
- टिकटक आधिकारिकरूपमा नेपालमा दर्ता
- टेलिकमद्वारा कर्पोरेट ग्राहकको लागि मल्टीपल टीभी जडान गर्ने व्यवस्था सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया